Prakash Adhikari April 11, 2019

 

नयाँदिल्ली (भारत),२८ चैत्र(बीबीसी) । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको आमचुनावको पहिलो चरण आजबाट सुरु हुँदैछ।

१० औँ लाख भारतीय २० वटा राज्य र केन्द्र शासित क्षेत्रका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान गर्नेछन्।

संसद्को तल्लो सदनका लागि ७ चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। मतगणना भने २३ तारिखमा हुनेछ।

९० करोड योग्य मतदाता रहेको यो चुनावलाई अहिलेसम्मै ठूलो चुनावका रूपमा हेरिएको छ।

भारत निर्वाचन

चुनौती

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को चुनावमा भारी मतसहित जितेको थियो।

संसद्को तल्लो सदन अर्थात् लोकसभामा ५ सय ४३ निर्वाचित सिट छ र सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिट जित्नुपर्नेछ।

भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्नका लागि अभियानहरू गरिरहेको छ तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट चुनौतीहरूको सामना गरिरहेको छ।

 

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौतीको खेप्नुपरेको छ।

भारत निर्वाचन

राहुल गान्धीका बुवा, हजुरआमा र जिजुबुवा सबै नै भारतका पूर्वप्रधानमन्त्री थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जनवरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।

चुनावी प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण चुनावका रूपमा हेरेका छन्।

भारत निर्वाचन
आलोचना
मोदी सत्तारुढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहिआएका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।

मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।

यो चुनावमा करिब ९० करोड योग्य मतदाताले देशभरिका १ लाख मतदान केन्द्रमा मत खसाल्नेछन्।

अघिल्लो चुनावमा करिब ६६ प्रतिशतले मत खसालेका थिए।

भारत निर्वाचन

कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्ने छैन।

निर्वाचन अधिकारी र सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति भएकोले मतदान एप्रिल ११ देखि मे १९ को बीचमा सात चरणमा हुनेछ।

संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।

सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चार देखि १० दिन लागेको थियो।

सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको हो।

यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका ८ करोड ३० लाख मतदाता छन्।

भारत निर्वाचन

Share Now

Leave a comment.