पेरिस(फ्रान्स), ३० जेठ । फ्रान्सको औपचारिक भ्रमणको सिलसिलामा पेरिस पुग्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बिहिबार साँझ आफ्ना समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडवार्डसंग भेटवार्ता गर्नुभएको छ ।
दुई समकक्षीबीच बिहीबार बेलुका ५ बजेदेखि करिब एक घन्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ नै राष्ट्रियसभामा मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतोंलाई भेटवार्ता गर्नुभएको छ । साथै उहाँ राष्ट्रियसभाद्धारा आयोजित रात्रिभोजमा पनि सरिक हुनुभयो ।
प्रधानमन्त्री ओलीले बिहिबार नै फ्रान्समा रहेका नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको थियो ।
PM @kpsharmaoli is addressing the Nepali diaspora+ at Paris now. #FranceInNepal pic.twitter.com/ajkSmp5sxo
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 13, 2019