Prakash Adhikari June 25, 2019

 

सानेपा(ललितपुर),१० आषाढ । नेपाली कांग्रेसले “हिमाल, पहाड, तराई– मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरणमा खटिएका केन्द्रीय प्रतिनिधिसंग सामूहिक अन्तरक्रिया गर्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार ७७ जिल्लामा खटिनुभएका केन्द्रीय प्रतिनिधिहरुसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रम बिहान १०ः४५ मा आरम्भ हुने जनाइएको छ ।

अन्तरक्रियामा सञ्चार माध्यमलाई पनि आमन्त्रण गरिएको छ ।

कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय वी पी स्मृति भवन सानेपा, ललितपुरमा हुनेछ ।

Share Now

Leave a comment.