लण्डन(संयुक्त अधिराज्य),१० आषाढ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत मंगलबार सम्पन्न ३२ औं खेलमा आयोजक इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
लर्डस क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।उसका लागि कप्तान आरोन फिन्चले १००, डेविड वार्नरले ५३,स्टिभ स्मिथ र एलेक्स केरीले ३८। ३८, उस्मान ख्वाजाले २३, मार्कस स्टोनिसले ८, मिचेल स्टार्कले ४ र प्याट कुमिन्सले एक रनको योगदान दिए ।
अष्टेलियालाई रोक्ने क्रममा इंग्ल्याण्डका क्रिस ओक्सले २ तथा जोफ्र आर्चर, मार्क उड र बेन स्टोकले १।१ विकेट लिए ।
२ सय ८६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बलमा सबै विकेट गुमाउदै २ सय २१ रन मात्र जोड्न सक्यो ।
इंग्ल्याण्डकालागि बेन स्टोकले ८९,जोनी बियरेस्टोले २७, क्रिश ओकले २६, जोश बटलर र आदिल रसिदले २५।२५, मोइन अलीले ६, जो रुटले ४ र जोफ्रा आर्चर तथा मार्क उडले एक एक रनको योगदान गरे । जेम्स ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् ।
इंग्ल्याण्डलाई रोक्ने क्रममा अष्टेलियाका जसन बेहरेन्डोर्फले ५, मिचेल स्टार्कले ४ र मार्कस स्टोइनिसले १ विकेट लिए ।
यो खेलमा भएको जितसंगै अष्टेलिया अंक तालिकाको शीर्षमा पुगेको छ । उसले ७ खेलमा ६ वटा खेलमा जित हासिल गर्दै १२ अंक जोडेको छ भने समान खेलमा ४ वटा जिते निकाल्दै इंग्ल्याण्ड ८ अंक सहित चौथो स्थानमा रहेको छ ।



















World Cup