Prakash Adhikari July 4, 2019

काठमाडौं,१९आषाढ । व्यवस्थापन र अर्थशास्त्र विषय अध्ययन गरेका योग्य उम्मेद्वारहरुलाई बैंकिड. क्षेत्रमा रोजगारीको अवसर खुलेका छन् ।

बैंकिड. क्षेत्रमा आक्रामक ढंगले अगाडि बढिरहेको एनआईसी एशियाले उपत्याकाभित्र र बाहिरका लागि एकैपटक ४०० कर्मचारीको लागि माग गरेको विज्ञापनमा आवेदन गर्ने अन्तिम मिति आषाढ २० गते(५ जुलाइ,२०१९०)सम्म रहेको छ।

Branch Manager (Junior Officer/Officer/Senior Officer/AssistantManager)
JOB CODE : 226

JOB / POSITION TITLE : Branch Manager (Junior Officer/Officer/Senior Officer/Assistant Manager)APPLICATION DEADLINE : 2019-07-05

JOB REQUIREMENTS : The candidate should possess at least 5 years of banking experience with at least 2 years of relevant experience in the related area/field with the educational qualification of Master’s Degree in management or related field/Chartered Accountant or should possess at least 10 years of banking experience with at least 2 years of relevant experience in the related area/field with the educational qualification of Bachelor’s degree in related area/field.  Age not below 25 and not exceeding 50 years as of July 5, 2019

Relationship Manager (Assistant/Senior Assistant/Supervisor/Junior Officer)

JOB CODE : 227
JOB / POSITION TITLE : Relationship Manager (Assistant/Senior Assistant/Supervisor/Junior Officer)
APPLICATION DEADLINE : 2019-07-05
JOB REQUIREMENTS :  Preferably Master’s Degree but not less than Bachelor’s Degree in management or related field.  At least 5 years of banking experience in the related field/area.  Age not below 21 and not exceeding 40 years as of July 5, 2019

Service Manager (Operation In-charge) (Assistant/Senior Assistant/ Supervisor/ Junior Officer)

JOB CODE :228
JOB / POSITION TITLE : Service Manager (Operation In-charge) (Assistant/Senior Assistant/ Supervisor/ Junior Officer)
POSTED DATE : 2019-06-21
APPLICATION DEADLINE : 2019-07-05
JOB REQUIREMENTS : Preferably Master’s Degree but not less than Bachelor’s Degree in management or related field.  At least 5 years of banking experience in the related field/area.  Age not below 21 and not exceeding 40 years as of July 5, 2019

Hospitality Service (Contractual Employment)

JOB CODE : 229
JOB / POSITION TITLE: Hospitality Service (Contractual Employment)
POSTED DATE : 2019-06-21
APPLICATION DEADLINE : 2019-07-05
JOB REQUIREMENTS : Preferably Bachelor’s Degree but not less than Intermediate/+2 Degree in any discipline.  Age not below 18 and not exceeding 45 years as of July 5, 2019

बैंकले उपत्यका भित्रका शाखाहरुमा प्रबन्धक तह(कनिष्ठ अधिकृत, अधिकृत,वरिष्ठ अधिकृत र सहायक प्रबन्धक) पदमा ५० जना मागेको छ । स्नातकोत्तर वा सी ए गरेका, कम्तिमा २ बर्षको अनुभव भएका र २१ बर्ष पूरा भई ५० बर्ष नपुगेका उम्मेदवारहरुले आवेदन गर्न सक्नेछन् ।

उपत्यकाभित्रै सम्पर्क अधिकृत ५० मागिएको छ । स्नातकोत्तर मागिए पनि स्नातकले समेत आवेदन गर्नपाउने यी पदमा ५ बर्षको अनुभवीलाई ग्राह्यता दिइने जनाइएको छ ।

त्यस्तै उपत्यकाभित्रै १०० जना सेवा प्रबन्धक(सञ्चालन प्रमुख, सहायक, वरिष्ठ सहायक ,सुपरीवेक्षक, कनिष्ठ अधिकृतको माग गरिएको छ । १८ बर्ष पुरा भै ३५ बर्ष ननाघेका स्नातकहरुले आवेदन दिन पाउनेछन् ।

बैंकले आतिथेय सेवा(हस्पिटालिटी सर्भिस)को करार जागिरमा २०० जनाको माग गरेको छ । १८ बर्ष पूरा भई ४५ बर्ष ननाघेका १२ पास गरेकाहरुले पनि यसमा आवेदन गर्न पाउनेछन् । यी पदका लागि शुक्रबारसम्म आवेदन गर्नुपर्ने छ ।

संयुक्त विदेशी लगानीमा स्थापित हिमालय बैंकले पनि एकैचोटी ८६ जना कर्मचारी माग गरेको छ । बैंकले सुपरिवेक्षक तहमा ४३ र कनिष्ठ सहायक तहमा ४३ जना माग गरेको हो ।यी पदमा आवेदन गर्ने अन्तिम मिति साउन १ गते तोकिएको छ ।

यसरी नै सेञ्चुरी कमर्शियल बैंकले पनि १ सय ५९ जनाको माग गरेको छ । बैंकले एक जना उपप्रबन्धक, १ सहायक प्रबन्धक,१ अधिकृत, १ सहायक अधिकृत, एक सुपरिवेक्षक, वरिष्ठ सहायक ४ जना, व्यवस्थापन प्रशिक्षार्थी २०,कनिष्ठ सहायक ५, प्रशिक्षार्थी सहायक १२५ माग गरेको छ ।

त्यसरीनै जनता बैंक नेपालले २०० जना कर्मचारी माग गरेको छ । जसमा व्यवस्थापन प्रशिक्षार्थी ५०, सहायक प्रशिक्षाथी १ सय ५० रहेका छन् ।

Share Now

Leave a comment.