Prakash Adhikari August 4, 2019

ब्राम्टन(क्यानडा), १८ साउन । टोरन्टोमा भैरहेको ग्लोबल टि २० लिगको दोश्रो संस्करणको १२ औं खेल तथा आफ्नो टीम टोरन्टो नेशनलको चौथो खेलमा पहिलो पटक खेल्ने मौका पाएका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले शनिवारको खेलमा १ विकेट लिएका छन् । तर उनको टोली ब्राम्पटन वुल्भ्ससंग ११ रनले पराजित हुन पुगेको छ ।

खेलमा टोरोन्टोले टस जितेर बलिंग गर्ने निर्णय गरेको थियो। इनिंगको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दीपको पहिलो ओभरको स्पेलमा स्कटल्याण्डका मुनसेले ३ चौका र २ छक्का प्रहार गरे । आठौ ओभरमा पुन मौका पाएका सन्दीपले यसपटक ३ रन दिएर १ विकेट लिए । तेस्रो ओभरमा उनले ७ रन दिए विकेट लिन सकेनन् ।१४ औं ओभरमा चौथो स्पेलमा आएका सन्दीपले ११ रन जोड्न दिए विकेट लिन सकेनन् । चार ओभर खेल्दा सन्दीपले ४४ रन दिएर १ विकेट लिए।

sandeep Lamichhan Global t 20को लागि तस्बिर परिणाम

शनिवारको खेलमा टस हारेर व्याटिड.मा परेको ब्राम्टन वुल्भस्ले दिएको २ सय २३ रनको लक्ष्य सन्दीपको टीम टोरन्टो नेशनलले पूरा गर्न सकेन । वुल्भस्ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २ सय २२ रन बनाएको थियो ।

वुल्भस्को लागि कप्तान युवराज सिंहले ५१,बी बी क्याककुलनले ३६,एच क्लासेन ३५,आरए थोमस २४,एमजे म्याकक्लेनाघन १९, रविन्द्रपाल सिंह १६, सलमान नजर र म्याक हेनरिकले ७ /७ रन जोडे ।

sandeep Lamichhan Global t 20को लागि तस्बिर परिणाम

टोरोन्टोलाई रोक्न वुल्भसका नबाब सिंहले २,सी परवेज,वाहक रियाज,आइएस सोधी,अब्राहम खान र साहिद अफ्रिदीले एक एक विकेट लिए ।

यस अगाडि टस हारेर ब्याटिड. गरेको वुल्भस्ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २२ रन जोडेको थियो ।

उसका लागि एच जी मुन्सेले ६६, बाबर ह्यातले ४८,सी मुनरोले २८,एनआर कुमारले २६,एलएमपी सिम्मोनले १९,अब्राहम खानले १५ र साहिद अफ्रिदीले ८ रन जोडेका थिए ।

बुल्भस्लाई रोक्ने क्रममा टोरोन्टोका जोय गोर्दन,सन्दीप लामिछाने, एमसी हेनरिक र युवराजसिंहले एक एक विकेट लिएका थिए ।
६ टीम सम्मिलित ग्लोबल टी २० क्यानडामा सोमपालको टीम गिनी पिग ह्वाक्स र एड्मोन्टन रोयल्सले ५ /५ खेल खेलिसकेका छन भने अन्य चार टीमले चार चार खेल खेलिसकेका छन्  ।

सन्दीपसंगै ग्लोबल टी २० मा  विन्निपेग ह्वाक्समा मौका पाएका नेपाली बलर सोमपाल कामीले शनिवार एड्मोन्टन रोयल्स विरुद्धको खेलमा डेब्यू गर्ने मौका पाए तर उनले कुनै विकेट लिन सकेनन् । दुई ओभर खेलेका उनले ३३ रन बनाउन दिए । आफ्नो इनिड.मा उनले १ रन जोडेर खातासम्म खोले ।

Global T20 Canada

TEAM M W L PT NRR
BW 4 4 0 8 3.076
VK 4 2 1 5 0.306
MT 4 2 1 5 -1.917
WH 5 2 3 4 -0.722
TN 4 1 3 2 -0.38
ER 5 1 4 2 -0.548

 

Share Now

Leave a comment.