Prakash Adhikari August 28, 2019

 

काठमाडौं,११ भाद्र । सन २०२२ मा कतारमा हुने फुटबलको विश्वकप प्रतियोगिताको निमित्त एसियाली देशको छनौटका लागि हुने खेलमा सहभागी हुन नेपाली राष्टिय फुटबल टोली कुवेत प्रस्थान गर्नैछ ।

नेपालले आफ्नो पहिलो अवे म्याच सेप्टेम्बर ५ तारीखका दिन कुवेतसँग खेल्दैछ ।

अखिल नेपाल फुटबलसंगले दिएको जानकारी अनुसार कुवेत जाने नेपाली टोली ३६ सदस्यीय हुनेछ जसमा २३ जना खेलाडी, फिजियो, प्रशिक्षक, मिडिया, फुटबल संघका पदाधिकारी र जिल्ला पदाधिकारीहरु पनि रहने छन् ।

२०२२ को फिफा वल्र्ड कपको छनौट अन्तरगत नेपालले खेल्ने दोस्रो चरणको पहिलो खेल कुवेत फुटबल क्लब रंगशालामा हुने भएको छ । यस अगाडि सो खेल जाबेर अल अहमद स्टेडियममा हुने तय भएको थियो ।

यसै बीच सो खेलमा नेपाली खेलाडीहरुको हौसला बढाउन आतुर कुवेत र अरबका देशमा कार्यरत नेपालीहरुले खेलमा नेपाली दर्शकको सहभागिता बढाउन खेलको टिकट दर महंगो बनाउन आग्रह गरेका छन् । खेलको टिकट मूल्य अझै तय नभइसकेको बताइएको छ ।

खासगरी नेपालले पहिले घरेलु म्याच खेल्ने तय भएको थियो । यद्यपि अन्तर्राष्ट्रियस्तरको नेपालको एक मात्र घरेलु मैदानका रुपमा रहेको दशरथ रंगशाला निर्माणका क्रममा रहेको र विश्वकप छनौटको खेल शुरु हुँदासम्म प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले नेपालले पहिले अवे म्याच खेल्न लागेको हो ।

दोस्रो चरण अन्तरगतको यो छनौट खेलमा नेपालको समूहमा अष्टेलिया,जोर्डन,कुवेत र ताइवान रहेका छन् ।

Share Now

Leave a comment.