Prakash Adhikari August 31, 2019

काठमाडौं,१४ भाद्र । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले पत्रकारहरुलाई क्षणिक हिट हुने दौडमा अविश्वसनीय समाचारमा हैन राष्ट्रिय हितका लागि विश्सनीय समाचार लेखनमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को ३० औं वार्षिक साधारण सभा एवम् अधिवेशनको शनिवार राजधानीमा उद्घाटन गर्दै उहाँले सो कुरा बोल्नु भएको हो ।

उहाँले स्वच्छ र स्वस्थ पत्रकारिताको विकासमा आफ्नो साथ र सहयोग सधैभरी रहने बताउँदै सामाजिक सञ्जालको सूचना प्रवाहले स्वस्थ पत्रकारितामा चुनौती थपेको बताउनुभयो ।

साधारण सभा पछि आजै सेजनको केन्द्रीय कार्य समितिको चुनाव हुँदैछ ।

गर्भनर नेपालले नयाँ आउने कार्यसमितिलाई शुभकामना दिदैं भन्नुभयो,‘निर्वाचन हो जित हार हुन्छ, जो आउनुहुन्छ राम्रो काम गर्नुहोस मेरो शुभकामना छ ।’

Share Now

Leave a comment.