Prakash Adhikari September 1, 2019

काठमाडौं, भाद्र १५ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा भीम गौतमको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

शनिवार सम्पन्न साधारणसभाले अध्यक्ष गौतमसहित नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

साधारणसभाले उपाध्यक्षमा सरस्वती ढकाल र महासचिवमा सुजन वली कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेल निर्वाचित गरेको छ । त्यसैगरी कार्य समिति सदस्यहरूमा विनय बञ्जारा, कमला अर्याल, हिमा विक, सुजन ढुंगाना मुना कुँवर निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा सरस्वती ढकाल र विष्णु वेलवासेले बराबर मत ल्याउदा गोलाप्रथाबाट निर्णय लिइएको थियो । चिठ्ठामा ढकालले बाजी मार्नुभयो । कोषाध्यक्षमा हिमाल पौडेलको मात्रै उम्मेवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो।

Share Now

Leave a comment.