Prakash Adhikari September 10, 2019

कोलम्बो( श्रीलंका), २४ भाद्र । एशियाका टेष्ट राष्ट्र्लाई पराजयको स्वाद चख्याउने उत्साह लिएर एसीसी यू–१९ एसिया कपका लागि श्रीलंकाको राजधानी कोलम्बो पुगेको नेपाली किशोरहरुको यु १९ टोली समूह चरणको एकमात्र आफू समानको एक दिवसीय टीम यूएईलाई पराजित गर्न सफल भएको छ । नेपालले आफ्नो समूहका दुई टेष्ट राष्ट्र् श्रीलंका र बंगलादेशका टीमसंग पराजय ब्यहोरेको थियो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अन्तिम खेलमा यूएईलाई १ सय ६० रनले पराजित गरेको छ ।

यूएईसंगको विशाल अन्तरको जितले नेपालले विश्वकप छनोट चरणमा पूरा खेलमा जित्ने अवस्था रहदारहदै पनि बर्षाको कारणले खेल छोट्याएर डीएल मेथडबाट नतिजा घोषणा गर्दा आफूमाथि अन्याय भएको बलियो प्रमाण विश्वसामु प्रस्तुत गरेको छ ।

मंगलबारको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७,आशिफ शेखले ४६,सन्दिप जोराले ४८,कुशल मल्लले २२ ,कमल सिंह ऐरीले ४१ र राशिद खानले ४४ रन बनाए । खेलमा सागर ढकालले २ र भीम सार्कीले १ रन बनाए

२ सय ६६ रनको लक्ष्य पाएको यूएई ३४ ओभरको चौथो बलमा १ सय २५ रन जोड्दा अलआउट हुन पुग्यो । उसका पाँच खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जसमा भ्रितीया रुद्राभलले २८, अलिसान सराफुले २१, सैयद हैदर १५ ओस्मा हसनले १६,अंश टण्डन १२, मोहम्मद फराजउद्दीन ९, एन आर लोबो र एस शर्माले ५ । ५ , कप्तान केपी मैयापन ३ र आकाश तहिरले १ रन जोडे ।

बलिङमा नेपालका सागर ढकालले तीन तथा रसिद खान, सूर्य तामाङ र पवन सर्राफले दुई दुई विकेट लिए ।

सुरुवातदेखि नै हावी भएको नेपालले २० रनमा यूएईको पहिलो विकेट लएका थियो । त्यसपछि ४८ रन हुँदा दोस्रो विकेट हात पारेको नेपालले ६० रनमा तेस्रो र ७३ रनमा चौथो विकेट झारेको थियो । युएईको स्कोर १ सय २१ रन हुँदा ८ विकेट झरेको थियो ।अन्तिममा रसिद खानले लगातार दुई विकेट लिएपछि यूएई १ सय २५ रनमा अलआउट भयो ।

Share Now

Leave a comment.