Prakash Adhikari October 10, 2019

 

मस्कट(ओमान),२३ असोज । ओमानको आयोजनामा भएको पाँच देशीय टी २० क्रिकेट श्रृखलाको अन्तिम खेलमा ओमानसँग ६ विकेटले पराजित हुँदै तेस्रो स्थानमा रहेर नेपालले श्रृखलाको यात्रा अन्त्य गरेको छ।

आजको खेलमा आयोजक ओमानलाई पराजित गर्ने लक्ष्य राखेको नेपालको ब्याटिड. राम्रो चलेन ।

ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा ११ ओभरमा सबै विकेट गुमाउदै ६४ रनमा समेटिन पुग्यो ।
समय र भाग्यको साथ नपाएको नेपालले दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ शेखले सर्वाधिक २० रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले ११ रन बनाए ।

नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए। नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि  ५ रनमा पेभेलियन फर्किए । दिपेन्द्र सिंह ऐरीपनि लगत्तै ३६ रनमा रनआउट भएपछि नेपालले तेस्रो विकेट गुमायो ।

त्यसको लगत्तै विनोद भण्डारीपनि ४ रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दीप जोरा खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन पुग्दा छैटौ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट भए । करण के.सी. ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।

लगातार विकेट गुमाएको नेपालका सन्दिप लामिछाने २ रनमा आउट भए भने सोमपाल कामी ८ रनमा पेभेलियन फर्किए ।

६५ रनको सहज लक्ष्य पाएको ओमानले ११ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

ओमानलाई रोक्ने क्रममा पहिलो ओभरमा नै सन्दीप लामिछानेले तेस्रो बलमा नै विकेट लिन सफल भए । उनले ओपनर अकीब लियासलाई शुन्य रनमा आउट गरे ।त्यसपछि ओमानको स्कोर १५ रन हुँदा आमिर कालिमलाई ८ रनमा करण केसीले आउट गरे । ओमानको स्कोरबोर्डमा २६ रन हुँदा खवार अलीलाई सोमपाल कामीले ९ रनमा पेभेलियन फर्काए । नसिम खुसीलाई मात्र एक रनमा करण केसीले आउट गरे ओमानले २७ रनमा चार विकेट गुमायो । त्यसपछि भने ओमान सम्हालियो । ओमानका लागि सुरज कुमारले ४२ रनमा अविजीत रहे ।

Oman Pentangular T20I Series

TEAM M W L PT NRR
OMAN 4 4 0 8 2.268
IRE 4 3 1 6 0.648
NEPAL 4 2 2 4 -0.731
NL 4 1 3 2 -0.208
HKG 4 0 4 0 -2.07

जारी प्रतियोगितामा आयोजक ओमान अविजीत रह्यो । नेपालले ४ खेलमा २ मा जित र २ मा हार ब्यहोर्दै अंक तालिकामा तेस्रो रहेर पाँच देशीय टी २० श्रृखलाको यात्रा टुंग्यायो ।

Share Now

Leave a comment.