कीर्तिपुर(काठमाडौं),२ कार्तिक । वुम्सन च्याम्पिन्यस लिग क्रिकेटअन्तरगत शनिवार सम्पन्न दोस्रो खेलमा क्याट क्वीन्स काठमाडौंले तेस्रो जीत निकालेको छ । काठमाडौंले विराटनगरलाई ५३ रनले पराजित गर्दै तेस्रो विजय प्राप्त गरेको छ ।
टस हारेर पहिलो ब्याटिड. गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १सय ३९ रन बनाएको थियो ।
काठमाडौंबाट १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा ८७ रन मात्रै बनाउन सक्यो ।
विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाइन भने डली भट्टले १३ रन बनाइन् ।
विराटनगरलाई रोक्ने क्रममा काठमाडौंकी सुमन विष्टले २ विकेट लिँदा रुविना क्षेत्री र ईश्वरी विष्टले एक एक विकेट लिए ।
यस अगाडि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । काठमाडौंका लागि रोमा थापाले आज नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् यसैगरी रश्मी चौलागाईले ३४ रन जोडेकी थिइन् ।
जारी प्रतियोगितामा अर्धशतक बनाउने रोमा छैटौं खेलाडी हुन् ।
काठमाडौंलाई रोक्ने क्रममा विराटनगरकी डली भट्टले एक विकेट लिइन् ।


















