Prakash Adhikari January 11, 2018

काठमाडौं, २७ पौष । निर्माता तथा अभिनेत्री श्वेता खड्काद्धारा निर्मित ‘कान्छी’ले एक्लै प्रदर्शनमा आउने मौका पाएको छ ।

फागुन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मंगलम्’ले आफ्नो प्रदर्शन मिति सारेपछि ‘कान्छी’लाई यो दुर्लभ अवसर मिलेको हो । माघ २६ मा प्रदर्शनको तयारीमा रहेको ‘कान्छी’ सोही मितिमा अनमोल केसी अभिनित ‘कृ’प्रदर्शनमा आउने भएपछि सरेको थियो । फागुन ४ को जोखना हेरिरहेको ‘कान्छी’लाई ‘मंगलम्’ को चिन्ता थियो ।

‘कृ’को छाँयामा पर्ने भएकोले कान्छीले माघ २६ को मिति सारेको थियो । ‘कृ’कै कारण मंगलमले फागुन ४ को मिति सारेपछि ‘कान्छी’लाई फागुन ४ को मिति भने एक्लो प्रदर्शनमा आउने अवसर बनेको छ । ‘कृ’को व्यापार दोस्रो हप्ता पनि राम्रो चल्यो भने कान्छीको व्यापारलाई धक्का लाग्न सक्छ ।

‘कान्छी’ सोलो रिलिज हुने भएपछि निर्माता तथा अभिनेत्री श्वेता खड्का भने खुसी देखिएकी छिन् । उनल ‘कान्छीलाई सोलो रिलिज गराउन प्रयास गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

निर्माता श्वेताले फिल्म राम्रो बनेको दावी गरेकी छन् ।

‘कोहिनूर’का फिल्म निर्देशक आकाश अधिकारीको निर्देशन रहेको यो फिल्म मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा छायांकन गरिएको छ । फिल्ममा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । कोहिनूरपछि श्वेताले कान्छीमार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

Share Now

Leave a comment.