Prakash Adhikari January 15, 2020

 

पर्थ(अष्ट्रेलिया), १ माघ । अष्ट्रेलियाको चर्चित घरेलु लिग बिग ब्यास क्रिकेट लिगमा पर्थ स्कोर्चरविरुद्धको खेलमा मेलबर्न स्टार्स् बाट खेलिरहेका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन । उनले तीन ओभरमा एक मेडेन राख्दै मात्र सात रन दिएर २ विकेट लिए ।

पहिलो ओभरमा कसिलो बलिङ गरेका उनले मात्र ३ रन दिए । सातौं ओभरमा पहिलो स्पेल लिएर आएका उनले ६ बलमा जम्मा ३ रन दिए । उनको पहिलो,दोस्रो र चौथो बलमा पर्थले १ । १ रन निकाल्यो भने तेस्रो,पाँचौ र छैठौ बल उनले डट फाले ।

दोस्रो स्पेलमा पनि उनले कसिलो बलिङ गर्दै मात्र चार रन खर्चिए । पहिलो बल डट फालेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बल पनि डट फालेका उनले चौथो बलमा एक रन दिए । पाँचौ बलमा बेनक्रोफ्टलाई डिप कभरमा स्टोनिसले ड्रप गरे । छैटौ बलमा सन्दीपले एक रन खर्चिए ।

त्यसपछि ब्यक्तिगत तेस्रो ओभरमा उनले दुई विकेट हात पारे । जसमा उनले जोर्डनलाई पाँच रनमा आउट गरे भने रिचार्डसनलाई एक रनमा पेभेलियन फर्काए । सो ओभरमा उनले एक रन पनि खर्चिएनन् ।

मेलबर्नद्धारा पर्थ ८ विकेटले पराजित

Image may contain: 2 people, people smiling, text

मंगलबार पर्थमा भएको खेलमा सन्दीपको मेलबर्नले पर्थ स्कोरचरलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा ब्याट फ्लिप जितेर ब्याटिड. रोजेको पर्थले २० ओभरको निर्धारित खेलमा १४ औं ओभरको पाँचौ बलमा नै सबै विकेट गुमाएर जम्मा ८६ रन बनाएको थियो ।

पर्थका लागि जेपी इग्लिस र बानक्रोफ्टले दोहोरो अंकमा रन जोडे भने अरुको दयनीय प्रदर्शन रह्यो । जसमा मार्सले ७,फहद अहमदले ६,जोर्डनले ५, लियम लिभिड.स्टोन र क्यामरुन ग्रिनले ४।४, टिम डेभिडले ३, जोइल प्यारिस, झेय रिचर्डसन र जरोन मर्गनले १ । १ रनको योगदान गरे ।

Stars XI: 1 Marcus Stoinis, 2 Hilton Cartwright, 3 Ben Dunk, 4 Glenn Maxwell (capt.), 5 Sebastian Gotch (wk), 6 Nick Larkin, 7 Nathan Coulter-Nile, 8 Daniel Worrall, 9 Jackson Coleman, 10 Haris Rauf, 11 Sandeep Lamichhane.

Scorchers XI: 1 Liam Livingstone, 2 Joshua Inglis (wk), 3 Cameron Bancroft, 4 Mitchell Marsh (capt.), 5 Cameron Green, 6 Tim David, 7 Jaron Morgan, 8 Chris Jordan, 9 Jhye Richardson, 10 Joel Paris, 11 Fawad Ahmed.

पर्थ स्कोर्चरलाई रोक्ने क्रममा मेलबर्नका ज्याक्सन कोलम्यानले ३,सन्दीप लामिछानेले २, क्याप्टेन ग्लेन म्याक्सवेल, हरिश रौफ र नाथन कुर्टियर नाइलले एक एक विकेट लिए ।

पर्थले दिएको ८७ रनको सहज लक्ष्य लिएको सन्दीपको मेलबर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा तेह्रो ओभरको पहिलो बलमा २ विकेटको क्षतिमा ८९ रन जोड्यो र पर्थलाई ८ विकेटले पराजित गर्यो ।

मेलबर्नका लागि मार्कस स्टोइनिसले ३९, हिल्टन कार्टराईटले १९, सेवस्टाइन गोचले १४ र बेन डंकले ८ रनको योगदान दिए ।

मेलबर्नलाई रोक्ने क्रममा पर्थका फवाद अहमद र क्याप्टेन मिचेल मार्सले १ । १ विकेट लिए ।

यस सिजनको १० औं खेल खेल्दा सन्दीपको मेलबर्न स्टार्स ९ जित सहित १८ अंक हासिल गर्दै अक तालिकाको शीर्षमा पुगेको छ

Big Bash League

TEAM M W L PT NRR
MS 10 9 1 18 1.254
SS 9 6 3 12 -0.003
BH 9 5 4 10 0.192
PS 10 5 5 10 -0.07
AS 9 4 4 9 0.232
ST 10 4 5 9 -0.057
HH 9 3 6 6 -0.89
MR 10 1 9 2 -0.671
Share Now

Leave a comment.