काठमाडौं, २ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गते बिहीबार विहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भएको छ ।
यसको जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका हुन् ।
प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन् ।
बैठकमा माघ २४ गते हुने राष्ट्र्यि सभाको निर्वाचनमा पार्टीको उम्मेद्वारी, लोकतान्त्रिक गठबन्धन,सत्ता हस्तान्तरण, भर्खरै सम्पन्न निर्वाचनको समीक्षा र पार्टीको महासमितिको बैठक सहित पार्टीको कार्यसमितिको पूर्णता तथा विभाग र समितिहरुको गठनका विषयमा छलफल हुने बताएको छ ।