Prakash Adhikari February 12, 2020

हलिउड(लस एन्जल्स् क्यालिफोर्निया)अमेरिका,२७ माघ (एजेन्सी)। बोङ जोन हो निर्देशित साउथ कोरियाको फिल्म ‘प्यारासाइट’ संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड ९२औं अस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भयो । यसले बेस्ट फिल्मसहित बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट इन्टरनेशनल फिल्म गरि चार महत्वपूर्ण विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकमा बोङ जोन होको नाम घोषणा भएपछि उनको खुसीको सिमा थिएन ।

उनले अवार्ड समारोमा आफ्नो मूल भाषामा विनिङ स्पीच दिएका थिए । उनले भने, ‘मलाई लाग्थ्यो कि मेरो फिल्मलाई एक अवार्ड मिलिसकेको छ र अब मलाई अर्को अवार्ड मिल्दैन । मेरो लागि त नोमिनेट हुनु नै ठूलो कुरा थियो । अस्कार अवार्ड जित्ने त मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ ।’ निर्देशक बोङले आफूले पाएको अस्कार अवार्ड टुक्रा टुक्रा पार्ने इच्छा भएको पनि बताए ।

उनले बेस्ट डाइरेक्टरमा आफ्नो नाम नोमिनेट गर्ने निर्देशकलाई धन्यवाद दिँदै अगाडि भने, ‘यदी अस्कारले मलाई अनुमति दिन्छ भने म यो ट्रफी पाँच टुक्रा गरेर तपाईंहरु सबैलाई दिन चाहन्छु । तपाईंहरु सबै निकै सम्मानित निर्देशक हुनुहुन्छ, जसले उत्कृष्ट फिल्म बनाउनुभएको छ ।’ ‘प्यारासाइट’ गैरअंग्रेजी भाषामा बनेर अस्कारको मूल विधामा अवार्ड जित्ने पहिलो फिल्म बनेको छ ।

अस्करको इतिहासमा यो पहिलो पटक भएको हो कि कुनै साउथ कोरियन फिल्मले अस्कार अवार्ड आफ्नो नाम गरेको हो । योभन्दा अगाडि गैरअंग्रेजी भाषामा बनेका फिल्मले अस्कार अवार्ड जिते पनि ‘प्यारासाइट’ ले जुन विधामा अवार्ड जितेको छ त्यो अहिलेसम्म कुनै एशियन देशले प्राप्त गर्न सकेको थिएन । यो फिल्मले साउथ कोरियालाई संसारमा नयाँ पहिचान दिलाएको छ ।

Share Now

Leave a comment.