काठमाडौं, ३० फागुन । नेपाली चलचित्रकी चर्चित अभिनेत्री आँचल शर्माले १५ महिना लामो प्रेम सम्बन्धलाई परिणय सूत्रले जीवनभरीका लागि बाधेकी छन् ।
बिहीवार बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा आँचल र उनका प्रेमी उदीप श्रेष्ठबीच हिन्दु परम्परा अनुसार विधिपूर्वक बिबाह सम्पन्न भएको छ। विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।
https://www.instagram.com/p/B9o8izql8qQ/?utm_source=ig_web_button_share_sheet
अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदीपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु सार्वजनिक गरेकी छन् ।
फागुन १३ गते एकापसमा इन्गेजमेण्टमा बाँधिएको यो जोडीले चैत १ गते रिसेप्सन दिँदैछन् । रिसेप्सनमा फिल्म क्षेत्रका अग्रजदेखि नवोदित कलाकारहरुलार्ई निमन्त्रणा पठाइएको बताइएको छ । जीवनमा एक पटक गरिने बिवाहलाई स्मरणयोग्य बनाउन यो जोडीले विवाहका अगाडि संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।त्यसमा आफू निकट व्यक्ति र परिवारजनको सहभागिता रहेको थियो ।
आँचल र उदीपको लमीको काम भने सामाजिक सञ्जालको भरपर्दो माध्यम फेसबुकले गरेको थियो । म्यासेन्जरमा कुराकानी गर्दै जाँदा उनीहरुको सम्बन्ध प्रेम हुँदै बिबाहसम्म पुगेर पति पत्नीको स्तरमा पुगेको छ ।
https://www.instagram.com/p/B9opiJ_FgI0/?utm_source=ig_web_copy_link
२०१८ अक्टोबरको अन्तिम दिन पहिलो पटक उदीपको गाडीको यात्रामा आँखा जुधाएको यो जोडीका उदीपले एक महिना नबित्दै डिसेम्बर १८ का दिन आँचललाई आफ्नै अफिसमा बोलाएर प्रेम प्रस्ताव राखेका थिए । त्यसको १५ महिनाभित्रै दुवै जोडी बैबाहिक बन्धनमा बाँधिन सफल भएका छन् ।