Prakash Adhikari January 19, 2018

सातदोबाट(ललितपुर), ४ माघ । राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि स्वर्ण ओलम्पियन निशा रावलले जितेकी छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा बिहिबार सम्पन्न फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन् ।

महिला ७३ केजीमुनिको समूहमा एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि समूहमा नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे ।
फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा केसी तथा सीताले आर्मीकी रेश्मा थापालाई हराएका थिए ।

पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए । फाइनलमा उनले आर्मीका मोहम्मद वेशलाई पराजित गरे ।

८७ केजी मुनिको समूहमा मध्यमाञ्चलका भुपेन पुनले नेपाल प्रहरीका दुर्गा थापालाई किनारा लगाए ।

८० केजी मुनिको समूहमा प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई हराए ।

पुम्सेको पुरुष १६ वर्षमुनि एपीएफका नवीन श्रेष्ठ र आर्मीका कृष्ण तामाङ, २० वर्षमाथि आर्मीका शिशिर श्रेष्ठ र मध्यमाञ्चलका उज्ज्वल श्रेष्ठ तथा २० वर्षमाथि प्रहरीका कमल श्रेष्ठ र मध्यमाञ्चलका सुजन तामाङले क्रमशः स्वर्ण र रजत हात पारे ।

महिलातर्फ १६ वर्षमुनिको समूहमा प्रहरीकी मोनिका रम्तेलले स्वर्ण र मध्यमाञ्चलकी रिता श्रेष्ठले रजत चुमे ।

२० वर्षमुनिको समूहमा पूर्वाञ्चलकी सिना मादेनले आर्मीकी रोशनी श्रेष्ठलाई पछि पार्दै पहिलो भइन् ।

२० वर्षमाथि आर्मीकी निता गुरुङले प्रहरीकी पार्वती गुरुङलाई हराइन।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए ।
उद्घाटनका अवसरमा पारा तेक्वान्दो खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ विधामा प्रतिस्पर्धा गरिरहेको नेपाल तेक्वान्दो संघअन्तर्गत रेफ्री कमिटीका चेयरम्यान नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Share Now

Leave a comment.