काठमाडौँ, ९ चैत्र । कोरोना भाइरसबाट विश्वभर फैलिएको महामारीबाट नेपाललाई बचाउन सरकारले शुक्रबारदेखि नै अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि केबल कारले आज(आइतबार)देखि नै आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
चन्द्रागिरिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको हो।
यस अगाडि नै नेपालको पहिलो केबलकार मनकामना केबल कारले समेत कोरोनाको संभावित संक्रमणबाट यात्रुहरुलाई बचाउन आफ्ना सेवालाई बन्द गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेका सबै सेवा चैत २१ गतेसम्मका लागि बन्द गर्ने घोषणा गर्नुभएको थियो।



















