Prakash Adhikari March 27, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका),१४ चैत्र । कोरोना भाइरसको संक्रमण अमेरिकामा अप्रत्यासित रुपमा बढ्दै गएको छ । बिहिबारको अन्त्यसम्म कोरोनाबाट संक्रमित बिरामीको संख्या सबैभन्दा बढी हुने देशको सूचीको शीर्षमा विश्वको शक्ति राष्ट अमेरिका पुगेको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले जनाए अनुसार बिहिबार अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको संख्या ८२ हजार १ सय पुगेको छ । जबकी चीनमा यस्ता संक्रमित बिरामीको संख्या ८१ हजार ७ सय ८२ भएको जनाइएको छ । विश्वभर ५ लाख १० हजार जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

बिहिबार अमेरिकामा कोरोना संक्रमणबाट २ सय ४६ जनाको मृत्यु भयो । न्यूयोर्कको क्वीन्सको इल्महस्र्ट अस्पतालमा गएको २४ घण्टामा १३ जना बिरामीको मृत्यु भएको छ । योसंगै अमेरिकामा मर्नेहरुको संख्या १ हजार १ सय ९५ पुगेको छ ।

अमेरिका

अमेरिकामा हालसम्म न्यूयोर्क, वाशिंटन र क्यालिफोर्नियामा यसको संक्रमण बढी देखिएको छ । तर जनस्वास्थ्यका विश्लेषकहरुले आउदा दिनमा मिचिगन र इलिनोइस  इपिसेन्टरको रुपमा विकसित हुनसक्ने चेतावनी दिएका छन् ।ह्वाइट हाउसका कोरोना प्रत्तिउत्तर संयोजकले वाइने काउन्टी,मिचिगन,कुक काउन्टी र इलिनोइसमा बढी घट्नाहरु तीव्र रुपमा देखिएको जनाउनुभएको छ । यो हप्तामा लुजियानामा पनि संक्रमणका घट्नाहरु बढिरहेका छन् ।

न्यूयोर्कमा संक्रमणका घट्ना अमेरिकाको कूल घट्नाको आधाजसो छ । न्यूयोर्कमा संक्रमणका ३७ हजारभन्दाबढी घट्ना सार्वजनिक भएका छन् । त्यहाँ भेन्टिलेरको पनि अभाव भएको छ । एउटै भेन्टिलेटर दुईजनालाई साझेदारी गर्ने ब्यवस्था मिलाइएको छ ।

सानफ्रान्सिक्कोमा पनि भेन्टिलेरको अभाव देखिदैछ । अमेरिकाका ५० मध्ये २१ राज्यले कोरोनाको कारण राज्यमा संकटकाल घोषणा गरेका छन् ।

इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ।

करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।

Share Now

Leave a comment.