काठमाडौ, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्ताका अवसरमा लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री ओलीले टेलिफोन वार्तापछि आफ्नो फेसबुक पेजमा यस्तो सहमति भएको उल्लेख गर्नुभएको छ ।
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।
— K P Sharma Oli (@kpsharmaoli) April 10, 2020
वार्तामा लकडाउनमा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्दै थप सहज र सुचारु राख्न पनि छलफल भएको थियो।
ओलीले संवादको क्रममा भारत सरकारले औषधी समेत उपलब्ध गराउने विषयमा पनि कुराकानी भएको उल्लेख गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीले नेपालका समकक्षी प्रधानमन्त्री के.पी. ओलीसग टेलिफोन वार्ता भएको ट्विटरमार्पmत जानकारी दिनुभएको छ । उहाँले कोरोना भाइरसबाट उत्पन्न जटिलता परिस्थिति र यसबाट दुवै देशका जनतालाई जोगाउने विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ।
Spoke today with Prime Minister of Nepal, Shri @kpsharmaoli. We discussed the prevailing situation due to COVID-19. I appreciate the determination of people of Nepal to fight this challenge. We stand in solidarity with Nepal in our common fight against COVID-19.
— Narendra Modi (@narendramodi) April 10, 2020
भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरसका कारण उत्पन्न चुनौतीसँग जुध्न नेपाल र नेपाली जनताले गरेको दृढ संकल्पको प्रशंसा गर्नुभएको छ।