Prakash Adhikari April 24, 2020

काठमाडौं, १२ वैशाख । कोरोना भाइरसको घाटक संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघेको छ।

बिहिबार मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ६ सय १ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ५ सय २८ पुगेको वल्डोमिटर इन्फोले जनाएको छ।

विश्वको जनसांख्यिक विवरण राख्दै आएको सो वेभसाईटमा उल्लेखित कोरोना भाइरस संक्रमणको विवरणमा बिहिबारसम्म विश्वभर यस घातक भाइरसबाट संक्रमित हुनेको कुल संख्या संख्या २७ लाख १६ हजार ८ सय ६ पुगेको छ। संक्रमितमध्ये ७ लाख ४५ हजार ४ सय १३ जना उपचारपछि निको भएका छन्।

बिहिबार अमेरिकामा २ हजार ३ सय २५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार २ सय ४ जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३१ हजार ४ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। त्यहाँ संक्रमितको संख्या १लाख ८९ हजार ९ सय ७३ पुगेको छ।

त्यसैगरी स्पेनमा बिहीबार ४ सय ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ।

फ्रान्समा बिहीबार ५ सय १६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ।

त्यसैगरी बेलायतमा बिहीबार ६ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या १८ हजार ७ सय ३८ पुगेको छ।

ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ ३ हजार ३ सय १३ जनाले ज्यान गुमाइसकेका छन भने संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ।

त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भारतमा बिहिबार ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १हजा ६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरसको उद्गम मुलुक चीनमा बिहिबार यस घातक भाइरसको संक्रमणबाट जीवन गुमाउनेको अभिलेख प्राप्त छैन । तर १० वटा नयाँ संक्रमणका घट्ना थपिएका छन् । योसहित कोरोनाबाट संक्रमितको संख्या त्यहा ८२ हजार ७ सय ९८ पुगेको छ भने ४ हजार ६ सय ३२ जनाले यसका कारण जीवन गुमाएका छन् ।

Share Now

Leave a comment.