Prakash Adhikari May 8, 2020

 

वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), २६ बैशाख (बीबीसी) ।अमेरिकी न्याय मन्त्रालयले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको अभियोग फिर्ता लिँदै छ।

ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनले सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपबारे रोबर्ट म्यूलरद्वारा गरिएको अनुसन्धानको एउटा पाटो बनेको आफ्नो दलिल फिर्ता गराउन चाहिरहनु भएको छ।

उक्त अनुसन्धानमा दोषी ठहर्‍याइएका राष्ट्रपतिका पूर्व सल्लाहकारहरूमध्ये फ्लिन एक हुनुहुन्छ।

उहाँले एक रूसी कुटनीतिज्ञसँगको सम्वादबारे सङ्घीय जाँच निकाय एफबीआईसँग ‘झूटो बोलेको स्वीकार’ गर्नुभएको थियो।

मन्त्रालयले अदालतमा ुनयाँ सूचनासहित मुद्दाको तथ्य र परिस्थितिका कारणु अभियोग फिर्ता लिन लागेको जिकिर गरेको छ।

एफबीआई र फ्लिनबीच सन् २०१७ को प्रश्नोत्तर ‘औचित्यपूर्ण नदेखिएको र त्यसक्रममा वैधानिक अनुसन्धानको आधार नअपनाइएको’ उसको भनाइ छ।

निशाना
यसअघि मुख्य अभियोजनकर्ताले कुनै कारण नै नबताएर अचानक अभियोग फिर्ता लिएका थिए।

यो निर्णय राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूद्वारा मुद्दाको आलोचना भइरहेका बेला आएको हो।

राष्ट्रपति ट्रम्पले फ्ल्नि निर्दोष रहेको बताउँदै आएको र उहाँविरुद्ध अनुसन्धान रोक्न एफबीआईलाई दबाव दिएको विवरणहरू आएका थिए।

मन्त्रालयको निर्णयबारे प्रश्न गर्दा ट्रम्पले भन्नुभयो, ‘उहाँ निर्दोष हुनुहुन्थ्यो। राष्ट्रपतिमाथि आक्रमण प्रयासस्वरूप उहाँलाई निशाना बनाइएको थियो।’

फ्लिनले यस विषयमा ुन्याय सबैका लागिु भन्दै ट्वीट गर्नुभएको छ।

उहाँ सन् २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पका कट्टर समर्थक हुनुहुन्थ्यो। ट्रम्पले उहाँलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिनुभएको थियो।

तर अवकासप्राप्त सैनिक जनरल फ्लिनले रुसी राजदूतसँगको आफ्नो सम्वादबारे उपराष्ट्रपतिलाई गलत सूचना दिएको घटना प्रकाशमा आएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हालेको २३ दिनमै पद गुमाउनु परेको थियो।

Share Now

Leave a comment.