Prakash Adhikari May 8, 2020

लण्डन(संयुक्त अधिराज्य), २६ बैशाख(बीबीसी) । मे ८ तारिखलाई भिक्टरी अन युरोप अर्थात् भीई डेका भनेर युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको दिवस मनाइन्छ।

चार वर्ष लामो भीषण लडाइँपछि सोभियत सेनाले सन् १९४५ एप्रिल १६ तारिखको दिन बर्लिन आक्रमण गरेको थियो।

नाजी जर्मनीले सन् १९४१ को जुन महिनामा सोभियत सङ्घमाथि आक्रमण गरेर लाखौँ मानिसलाई मारेको थियो।

तर सन् १९४५ सम्म आइपुग्दा अडोल्फ हिटलर कमजोर भइसकेका थिए। उनको सानो र अव्यवस्थित सेना पूर्व र दक्षिणबाट आक्रमण गरेको दुई सोभियत सेनाको टुकडीसँग लडिरहेको थियो।

कुल १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेर आक्रमण गरेका थिए।

सोभियत सेनाले हवाई आक्रमण पनि गरेका थिए
सोभियत सेनाले हवाई आक्रमण पनि गरेका थिए
सोभियत सेनाको आक्रमणपछि बर्लिनका नागरिकहरूले सहर छोडेका थिए
सोभियत सेनाको आक्रमणपछि बर्लिनका नागरिकहरूले सहर छोडेका थिए
हिटलर भने बर्लिन सहर छोड्न अनिच्छुक थिए र आफ्ना अन्तिम दिनहरू भूमिगत बङ्करमा बिताएका थिए।

उनी अन्तिम पटक सन् १९४५ एप्रिल २० मा आफ्नो ५६ औँ जन्मदिन मनाउने क्रममा सहरको रक्षा गरिरहेकाहरूलाई तक्मा दिन जमिनमाथि देखापरेका थिए।

त्यही दिन सोभियत सेनाले बर्लिनको केन्द्रतिर गोलाबारी शुरू गरेको थियो।

जर्मनीले वृद्ध र बालकहरूलाई सेना बनाएको थियो
जर्मनीले वृद्ध र बालकहरूलाई सेना बनाएको थियो
एकैपटक १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेका थिए
एकै पटक १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेका थिए

जर्मन सैनिकहरू सङ्ख्या र हतियारमा सोभियत सेनाको तुलनामा थोरै थिए।

सन् १९४५ एप्रिल ३० मा इभा ब्राउनसँग विवाह गरेको भोलिपल्ट हिटलरले आत्महत्या गरे। उनीहरूको शवलाई जमिनमा ल्याएर नजिकैको बमले बनाएको खाल्डोमा जलाइयो।

सोभियत सेनाले त्यसपछि राइखस्ट्यागमाथि कब्जा गरे। त्यहाँबाट जर्मनीमा संसद्‌ भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको तस्बिर खिचियो।

जर्मनीमा संसद्‌ भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको प्रसिद्ध तस्बिर
जर्मनीमा संसद्‌ भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको प्रसिद्ध तस्बिर
बर्लिनले मे २ तारिखमा सोभियत सेनासामु आत्मसमर्पण गरेपनि मे ८ तारिखमा युद्ध समाप्त नभएसम्म लडाइँ जारी थियो।

सडक-सडकमा लडाइँ शुरू भएको दुई साताभन्दा लामो समयपछि बल्ल बर्लिन पराजित भएको थियो ।

तर बर्लिन भने पूरै ध्वस्त थियो। सोभियत सैनिकले त्यहाँका नागरिकलाई पाउरोटी पनि बाँडे र जघन्य अपराधहरू पनि गरे।

बर्लिन

सोभियत सेना
युद्धपछि बर्लिनमाथि यूके, अमेरिका र सोभियत सङ्घले कब्जा जमाए।

नागरिकहरूले सहर छोड्न थाले भने ती तीन देशका नेताहरूले सहरको बाहिरी क्षेत्रमा युद्ध समाप्त भएको केही महिनापछि भेटेर शान्तिको मानचित्र कोरे।

नागरिकहरूले युद्ध समाप्त भएपछि सहर सफा गरेका थिए
नागरिकहरूले युद्ध समाप्त भएपछि सहर सफा गरेका थिए
यूकेका प्रधानमन्त्री विन्स्टन चर्चिल सन् १९४५ जुलाईमा बर्लिन भ्रमणको क्रममा हिटलरको बङ्करबाहिर रहेको मेचमा बसेका थिए
यूकेका प्रधानमन्त्री विन्स्टन चर्चिल सन् १९४५ जुलाईमा बर्लिन भ्रमणको क्रममा हिटलरको बङ्करबाहिर रहेको मेचमा बसेका थिए

Share Now

Leave a comment.