Prakash Adhikari May 16, 2020

रोम(इटाली), ३ जेठ(बीबीसी) । आगामी जुन ३ देखि इटालीका नागरिकहरु पनि विदेश यात्रामा जान पाउने छन र विदेशीहरु पनि इटालीमा यात्रा गर्न पाउने छन् ।
इटालीको सरकारले देशमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेसंगै जुन ३ देखि यात्रा प्रतिबन्ध पनि खोल्ने निर्णय गरेको छ । उसले त्यही दिनदेखि देशका विभिन्न भागमा हालसम्म लगाइएको यात्रा प्रतिबन्ध पनि खोल्ने निर्णय गरेको छ ।

देशमा लकडाउन सुरु गरिएको दुई महिना पछि देशको अर्थतन्त्र खुलाउने प्रयास स्वरुप यो ठूलो कदमा चालिएको बताएको छ ।

Image shows a Fiumicino airport employee wearing a "Smart-Helmet" portable thermoscanner to screen passengers and staff for COVID-19

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च भएका देशहरुमध्ये पर्ने इटालीमा हालैका दिनमा संक्रमणको दर उच्चदरमा घटेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा ३१ हजार ६ सयभन्दा बढी नागरिकले जीवन गुमाएका थिए । यो संख्या संयुक्त राज्य अमेरिका र बेलायतपछिको तेस्रो उच्च संख्या हो ।

गत फेब्रअरी महिनामा देशको उत्तरी भूभागमा कोरोना भाइरसको प्रकोप देखा पर्न थालेपछि राष्ट्रव्यापी निषेधाज्ञाहरु लगाउने पहिलो यूरोपेली मुुुलुक नै इटाली हो ।

तर यस महिनाको सुरुआततिर ४ मे मा उद्योग र कलकारखाना तथा पार्कहरु पुनःखुला गरेदेखि नै यसले लकडाउनका मापदण्डहरुलाई खुुकुलो बनाउन थाल्यो ।

लकडाउन खुकुलो पार्ने र यात्रा प्रतिबन्ध हटाउनेसम्बन्धी पछिल्लो आदेशमा प्रधानमन्त्री गुसेप कोन्टेले हस्ताक्षर गरी शनिवार सबेरै सार्वजनिक गर्नुभएको छ ।

इटालीका केही क्षेत्रहरुले द्रूत रुपमा निषेधाज्ञाहरु खोलिनु पर्ने माग गरेका थिए तर प्रधानमनत्री कोन्टेले कोरोना संक्रमणको दोस्रो लहरलाई छल्न क्रमशः खोलिनु बताउनुभएको थियो ।

मे १८ देखि नै सामाजिक दूरी कायम गर्ने नियम लगाएर पसल र रेष्टुराँहरु पनि खुल्ने छन् ।

सोही दिनदेखि क्याथोलिक चर्चहरु पनि पुन खुल्नेछन् तर त्यहाँ पनि सामाजिक दूरी कायम गर्नुपनेछ र भक्तहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ ।

प्रधानमन्त्री कोन्टेको घोषणा त्यस्तो बेला आएको छ जहाँ कुनै समय यूरोपमा कोरोना भाइरसको केन्द्र मानिएको इटालीमा दैनिक संक्रमितको मृत्यु घटेको छ । गत मार्च २७ मा इटालीमा दैनिक मृत्यु ९ सय थियो भने शुक्रबार कोरोना संक्रमणबाट जम्मा २ सय ६२ जनाको मृत्यु भएको थियो ।

यो हप्ताको सुरुमा इटालीको सरकारले व्यवसाय र परिवारमा महामारीले पारेको आर्थिक असरलाई कम पार्नका लागि तर्जुमा गरिएको ५५ अर्ब युरो करिब अमेरिकी डलर ५९ अर्बको प्रोत्साहन कार्यक्रम स्वीकृत गरेको थियो ।

कोरोना भाइरसको संक्रमणबाट हुने दैनिक मृत्युमा कमी आएपछि यूरोपका अन्य देशहरु पोर्चुगल, स्पेन र ग्रीसमा पनि लकडाउन खुकुलो पारिएको छ ।

विश्वमा ४५ लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा परेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यसमध्ये करिब एक तिहाई अर्थात करिब १५ लाख संक्रमितहरु उपचारपछि निको भएका छन् ।

 

Europe political map

Share Now

Leave a comment.