Prakash Adhikari July 7, 2020

काठमाडौं, २३ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादमा अनावश्यक दखल दिएकोमा सर्वत्र आलोचना भैरहेको बेला मंगलबार बिहान चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसंग भेटवार्ता गर्नुभएको छ।

राजदूत यान्छी एक सहयोगीको साथ पूर्वप्रधानमन्त्री खनाललाई भेट्न सहयोगीका साथमा उहाँको डल्लुस्थित निवासमा पुग्नुभएको थियो। सरकारको कुनै तहमा नरहनुभएका र पार्टीभित्रको सक्ति संघर्षमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको चर्को विरोधमा रहनुभएका नेता खनाललाई राजदूत याड.छीले भेट्नुको अर्थ स्पष्ट छ । राजदूत याड.छी प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारलाई निरन्तरता दिन इच्छुक हुनुहुन्छ जबकी सत्तामा नेपाल कम्युनिष्ट पार्टीको जुन नेता आए पनि उहाँ र उहाँको मुलुकको लागि समान हुनु पर्ने थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी

चिनियाँ राजदूत होउ याङ्छीले आइतबारमात्र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको थियो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक आरम्भ भएपछि सतहमा आएकोे दुई खेमाको विवादका बीचमा राजदूत याड.छीले प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पटकपटक भेट गर्नुभएको कुटनीतिक स्रोतले बताएको छ ।

गत वैशाख महिनामा राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गरी समाजवादी पार्टीलाई विभाजन गर्नका लागि प्रहरी र प्रशासनको सहयोगमा डा. संजय यादवलाई अपहरण गरेको समयमा प्रधानमन्त्री ओलीका विरुद्धमा पार्टी सचिवालय र स्थायी समितिका सदस्यहरुबाट चर्को विरोध भई प्रधानमन्त्रीको कुर्सी ढल्पलाउन थालेपछि पनि चिनियाँ राजदूत होउ याड.छी सक्रिय हुनुभएको थियो ।

त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया राष्ट्रपति सि जिनफिड.संग टेलिफोन वार्ता गरेपछि सक्रिय हुनुभएकी राजदूत याड.छीले प्रधानमन्त्री के.पी. शर्मा ओली, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल,पूर्वप्रधानमन्त्री द्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित पार्टी उपाध्यक्ष बामदेव गौतम समेतलाई भेट्नुभएको थियो ।त्यतिबेलै विभाजनको संघारमा पुगेको नेकपामा बामदेव गौतमलाई प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउन झूटो आश्वासन दिएपछि उहाँ प्रधानमन्त्री ओलीतर्पm ढल्कनासाथ समिकरण बदलियो र प्रधानमन्त्रीको कुर्सी जोगिएको थियो ।

विदेशी हस्तक्षेपको विरोध

प्रधानमन्त्री ओलीको सरकार बचाउन चिनिया राजदूत खुलेआम सक्रिय भएपछि राजनीतिक स्तरमा त्यसको विरोध हुन थालेको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले रिमोटले चलेको गणतन्त्र भनेर ट्वीट गर्नुभएको छ ।

 

कांग्रेसका नेताहरुले पनि विदेशी हस्तक्षेप बढेको भन्दै राजदूत याड.छीको क्रियाकलापको आलोचना गरेका गर्नुभएको छ । कांग्रेस नेता धनराज गुरुड.ले सरकार बचाउन चिनिया राजदूतबाट भएको हस्तक्षेप असैह्य भएको उल्लेख गर्नुभएको छ ।

https://www.facebook.com/dhanraj.gurung.186/posts/3301165149914667

https://www.facebook.com/dhanraj.gurung.186/posts/3303538659677316

 

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रमुख खड्ग केसीले पनि आन्तरिक राजनीतिमा ‘किचलो बढेका बेला’ चिनियाँ राजदूत यान्छी र नेकपाका नेताहरुबीच भएको भेटवार्ताले विदेशी हस्तक्षेपको चर्चा चलेको बताउनुभएको छ।

बीबीसीसंगको एक सन्दर्भमा उहाँले भन्नुभएको छ “ चाहे उत्तरी वा दक्षिणी छिमेकीको होस् अथवा सात समुद्रपारिको महाशक्तिको किन नहोस्, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप वा सक्रियता कतैबाट पनि हुनु हुँदैन।”

“अहिले जे देखिएको छ त्यसमा निश्चित रूपमा केही ‘इङ्गेजमेन्ट’को सङ्केत चाहिँ सबैले अनुमान गरे सरह मैले पनि अनुमान गर्दा गलत नहोला,” केसीले थपे।

नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा चीनको सक्रियता तुलनात्मक रूपमा बढेको कूटनीतिक मामिलाका जानकारहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रमुख खड्ग केसीले पनि आन्तरिक राजनीतिमा ‘किचलो बढेका बेला’ चिनियाँ राजदूत यान्छी र नेकपाका नेताहरुबीच भएको भेटवार्ताले विदेशी हस्तक्षेपको चर्चा चलेको बताउनुभएको छ।

बीबीसीसंगको एक सन्दर्भमा उहाँले भन्नुभएको छ “ चाहे उत्तरी वा दक्षिणी छिमेकीको होस् अथवा सात समुद्रपारिको महाशक्तिको किन नहोस्, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप वा सक्रियता कतैबाट पनि हुनु हुँदैन।”

Yubaraj Ghimire, part 1 - YouTube

बीबीसीसंगको एक वार्तामा भारतीय मामिलाबारे जानकार पत्रकार युवराज घिमिरेले नाकाबन्दीपछि अरूको सक्रियताबारे केही प्रतिक्रिया जनाउन पनि भारतलाई अप्ठ्यारो परेको खुलस्त बताउनुभएको छ ।

नेपालमा चीनको सक्रियतालाई कतिपयले सामान्य रूपमा लिने गरेको देखिए पनि भविष्यमा त्यो ‘प्रत्युत्पादक’ हुन सक्नेतर्फ प्राध्यापक केसी सचेत गराउनुभएको छ।

“हाम्रा समस्याबारे दलहरूबीच पटकपटक छलफल होस्, अरू सरोकारवाला पक्षबीच छलफल होस्। तर आन्तरिक मामिलामा बाह्य शक्तिलाई हामीले संलग्न गराइरह्यौँ अथवा त्यो परम्परालाई तोडेनौँ भने प्रकारान्तमा प्रत्युत्पादक हुन्छ,” केसीले भन्नुभएको छ ।

पत्रकार घिमिरेले भन्नुभएको छ, स्वतन्त्र परराष्ट्रनीतिको कुरा गर्दा आन्तरिक मामिलामा जतासुकैबाट हुने हस्तक्षेप त्यति नै आपत्तिजनक हुन्छ, चाहे त्यो उत्तरबाट होस् कि दक्षिणबाट । उहाँले आफूलाई फाइदा हुँदा हस्तक्षेप निम्त्याउने तर आफूलाई घाटा हुँदा रुने र उसको अर्को प्रतिस्पर्धी शक्तिलाई निम्त्याउने गलत परम्परा बसेकोमा पनि असन्तुष्टि दर्शाउनुभयो ।

The Kathmandu Post on Twitter: "Interview with Nishchal Nath ...

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेकपाका विभिन्न मध्यम र तल्लो तप्काका नेता तथा कार्यकर्ताहरू पार्टी एवम् सरकार कसरी चलाउने भन्नेबारे तालिम लिन चीन जाने गरेको प्रसंग उठाउनै भन्नुभयो,“चीनमा एउटा मात्र पार्टी भएको र त्यही पार्टीले सरकार र सेना चलाउने भएकाले कूटनीतिक व्यवहारमा अरू कम्युनिस्ट सरकारमा भएका मुलुकहरूमा उसले सजिलोसँग सम्बन्ध विस्तार गरिरहेको छ ।

नेपाल रिपब्लिकन पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले पनि सत्तारुढ पार्टीको आन्तरिक विवादमा चिनिया राजदूतको सक्रियता राज्यमाथि विदेशी हस्तक्षेप नै हो भन्दै त्यसको विरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ ,’संसदमा बहुमतप्राप्त दलको नेता वा संसदमा बहुुमत सिद्ध गर्ने दलका नेता नै प्रधानमन्त्री बन्ने संसदीय प्रणाली अंगीकार गरेको नेपालमा प्रधानमन्त्री बचाउन वा फाल्न वा नयाँ प्रधानमन्त्री नियुक्त गर्न वा सत्तारुढ दलको नेतृत्वमा आउने व्यक्तिलाई चुनाव जिताउन वा मन नपरेकोलाई हराउन विदेशी राजदूतहरु हुनुभनेको नग्न विदेशी हस्तक्षेप हो । यो प्रवृत्ति हामीलाई सैह्य छैन् । सबैबाट विरोध हुनुपर्दछ ।’

Nepal Republic Party condemns statement by Chinese Embassy

सत्तारुढ नेकपाभित्र देखिएको चिनिया हस्तक्षेपको स्वरुप डरलाग्दो भएको कुटनीतिज्ञहरु बताउछन् । केही समय पहिले नेकपा र चिनिया कम्युनिष्ट पार्टीबीच आपसी सहयोगको समझदारी भएको थियो । त्यो सहयोगको सीमा के हो ? आर्थिक सहयोग पनि हुने हो कि भौतिक सामग्रीको सहयोग पनि हुने हो कि ? यस्तै सहयोगमा टेकेर घातक हातहतियार पनि आपूर्ति गर्न पाइने हो कि ?

भोलि चिनिया कम्युनिष्ट पार्टीले यस्तै सहयोग अन्य दलहरुसंग गर्यो भने के हुन्छ ? कुनै दिन प्रतिबन्ध फुकुवा भएपछि विप्लवको समूहसंग गर्यो भने के हुन्छ ? गरिबीले परिवारै आत्महत्या गरिरहेका घट्नाहरु सार्वजनिक भएको नेपालमा पैसा पाएपछि विदेशीको हतियार बोक्न तयार हुने शक्ति र व्यक्तिको कमि देखिदैन् ।

सरकारले नेपाल सरकारको जानकारी विना विदेशी सहयोग लिन नपाइने कानूनी व्यवस्था गरेको छ । यो कानून सत्तारुढ नेकपालाई लागू हुन्छ कि हुँदैन । राजदूतहरु संबन्धित मुलुकको आधिकारिक प्रतिनिधि भएकोले तिनीहरुले आथितेय राष्ट्रमा गर्ने भेटघाटमा परराष्ट्र मन्त्रालयको स्वीकृति र प्रतिनिधिको उपस्थिति अनिवार्य गर्नु निकै सान्दर्भिक देखिएको छ ।

Share Now

Leave a comment.