Prakash Adhikari July 7, 2020

वेष्ट एण्डिज, २३ आषाढ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वान्टीको लागि छनोट भएका छन् ।

उनलाई १ लाख ३० हजार अमेरिकी डलर अर्थात हालको बिनिमय दर अनुसार १ करोड ५४ लाख ८१ हजार ७ सय रुपैयामा जमैका तल्लाबाजले अनुबन्धित गरेको छ।

सन्दीपले यस सिजनमा तोकेको आफ्नो  न्यूनतम  पारिश्रमिक ९० हजार अमेरिकी डलर(१ करोड ७ लाख १८ हजार १ सय रुपैया बराबर) राखेर सीपीएल ड्राफ्टमा आवेदन गरेका थिए ।

सोमबार भएको ड्राफ्टबाट जमैका तल्लावाजले उनलाई अनुबन्ध गरेको हो।

नेपाली क्रिकेट स्टार सन्दीपले वेस्ट इन्डिजको सीपएलमा खेल्न लागेको यो तेस्रो पटक हो ।

सन्दीपले यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन।

दुई बर्ष पहिले ५ हजार डलर पारिश्रमिकमा सन्दीपले सीपीएलमा डेब्यु गरेका हुन् । त्यसबेला सिजन सेन्ट किट्स एण्ड नेभिज प्याट्रियोट्सबाट खेल्दा उनले ५ हजार अमेरिकी डलरमात्रै पाएका थिए । गत बर्ष बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दा उनलाई ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

सन्दीप दंग

सीपीएलको यस सिजनमा छनौट भएपछि सीपीएललाई प्रतिक्रिया दिंदै यो छनोटबाट आफू अति हर्षित र उत्साहित भएको बताएका छन् ।

https://youtu.be/w4zjZAC0-ac

उनले भनेका छन्: “नयाँ टिम हो मेरो लागि। तिन वर्ष सीपीएलमा तिन वटा छुट्टै टिमको लागि खेले। म सबै टिमहरु प्रति धन्य छु। पहिले सेन्ट किट्स त्यसपछि बार्बेडोस र अहिले जमैकाको लागि लागि खेल्नु मेरो लागि ठुलो कुरा थियो।”

“धेरै समय भयो क्रिकेट खेल्न नपाएको त्यसैले पनि निकै उत्साहित छु मैदानमा फर्कन। क्रिकेट नखेलेको धेरै भयो र अहिले नेटमा आफ्नो लयमा पनि फर्किएको छु।”

“मेरो लागि टिमको नतिजा पहिलो स्थानमा रहन्छ। पहिलो सिजन सेन्ट किट्स र त्यसपछि बार्बेडोसको लागि खेलेर योगदान दिन पाउदा म खुसि छु। गत वर्ष बार्बेडोस विजेता भएको थियो जुन बेला मैले टिममा धेरै कुरा देखेको थिए। जित्ने उत्साह र भोक सबै खेलाडीहरुमा थियो। ठुलो खेलाडीहरुसंग खेल्दा र आफ्नो प्रदर्शन हेर्दा खुसि लाग्छ। मलाई कहिले लाग्छ मैले २० विकेट लिएको भए हुन्थ्यो। क्रिकेट फेरी फर्किदैछ त्यसैले मैदान फर्कन निकै उत्साहित छु।

Image

Share Now

Leave a comment.