ब्रायनलारा स्टेडियम(ट्रिनिडाड), ३ भाद्र । ट्रिनिडाड एण्ड टोबागोमा भैरहेको आठौँ सिजनको क्यारबियन प्रिमियर लिग(सीपीएल) क्रिकेट खेलमा आफ्नो टोलीको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।
सन्दीपले सेन्ट लुसिया जुक्ससंगको खेलमा नजीबुल्लाह जद्रानको विकेट लिएका हुन्। ४ ओभर खेल्ने अवसर पाएका सन्दीपले २३ रन खर्चेर १ विकेट लिएका छन्। उनले २४ बलमा एक चौका र एक छक्का बनाउने अवसर दिए । ११ वटा बल डट फाले अर्थात कुनै रन बनाउन दिएनन् ।
खेलको नवौं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले सो ओभरमा ३ वटा डट बलिंग गरे, दुई बलमा १ । १ रन दिए भने एक बलमा छक्का गर्न दिए ।
BOOM!!! Zadran power!!! #CPL20 #JTvSLZ #CricketPlayedLouder pic.twitter.com/bFv7cyDcNr
— CPL T20 (@CPL) August 19, 2020
११ औं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले यो ओभरका ६ बलमा जम्मा ३ रन बनाउन दिए ।
त्यसपछि १३ औं ओभरमा तेस्रो स्पेल बलिंग गर्दा उनले एक चौका सहित ८ रन बनाउन दिए । यो स्पेलमा उनले तेश्रो बलमा रोस्टन चेज विरुद्धगरेको एलबीडब्लु विकेट अपिल अम्पायरले अस्वीका गरेपछि उनी पहिलो विकेट लिने अवसरबाट बिमुख बनेका थिए । यो ओभरमा पनि उनले २ डट बल गरेका थिए।
आफ्नो चौथो खेलको दोश्रो बलमा सन्दीपले नजिबुल्लाह जर्दान क्याच आउट गराए। जर्दान कप्तान रभम्यान पावेलबाट समातिन पुगेका थिए। २५ रन बनाएका जद्रानको विकेट लिंदै सन्दिपले रोस्टन चेजसंगको ५२ रनको साझेदारी तोडे। ओभरमा उनले मात्र ४ रन खर्चेका थिए ।
जमैका तल्लावाहजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध सन्दीपले यस अगाडि सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलिसकेका छन्।
सेप्टेम्बर १० सम्म चल्ने लिगमा कुल ३३ वटा खेलहरु खेलिनेछन्। सीपीएलको यो सिजनका खेलहरु ब्रायन लारा क्रिकेट एकेडेमी र क्विन्स पार्क ओभल मैदानमा दर्शक बिना खेलिनेछ।
प्रतियोगितामा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गुएना एमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तल्लावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गरिरहेका छन्।


















