काठमाडौं,३१ भाद्र । कोरोना संक्रमणका कारण घरमै उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ ।
केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आउनुभएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।
डा.शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा.सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत हुनुहुन्छ ।
डा.शशांकको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले बताउनुभएको छ।
पाँच वर्षअघि अचानक अचेत भएर कोमामा पुग्नुभएका डा. कोइरालाको उपचार सोही हस्पिटलमा गरिएको थियो ।


















