Prakash Adhikari September 26, 2020

 

काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७० हजारमाथि पुगेको छ भने त्यसमध्ये करिब ५२ हजार जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार दिउँसो प्रेस ब्रिफिड.मा दिएको जनाकारी अनुसार विगत २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।

सो अवधिमा कोरोना भाइरसको संक्रमण समेतको कारणले थप ६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा अहिलेसम्म ४ सम्म ५९ सङ्क्रमितको मृत्यु भएको छ ।

संक्रमित भएका मध्ये निको हुनेको सङ्ख्या ५१ हजार ८ सय ६६ पुगेको  छ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार ४ सय ५५ जना रोगमुक्त भएका छन्।

कोरोनाभाइरस ब्यानर

गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बिहीवार मन्त्रालयले एक हजार ४ सय ९७ सङ्क्रमित फेला परेको तथा १७ जनाको मृत्यु भएको जनाएको थियो।

गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज ९ गते अपराह्णसम्मको तथ्याङ्क . .

अहिले देशभरि १८ हजार २ सय ८९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेशनमा र अरू १० हजार ५२ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

कोरोनाभाइरस ब्यानर

विगत २४ घण्टामा १२ हजार २ सय ६२ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनका अनुसार अहिलेसम्म नेपालमा ५१ हजार ८ सय ६६ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.४ प्रतिशत हो।

गम्भीर लक्षण भएका बिरामीमध्ये २ सय २७ जना सघन उपचारमा र ३९ जना भेन्टिलेटरमा छन्। अहिले देशभरि ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्।

अहिलेसम्म ५१ हजार जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त। प्रदेशगत विवरण। असोज ९ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित ।

अहिलेसम्म ५१,००० जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त. प्रदेशगत विवरण. असोज ९ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .
सङ्क्रमित र मृतकको विवरण

अहिले फेला परेका सङ्क्रमितमध्ये ४ सय ५३ जना महिला र ८ सय ६० जना पुरुष छन्।

काठमाडौंका ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना गरी उपत्यकामा ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यसैगरी मोरङमा ६९, महोत्तरीमा ५५, सर्लाहीमा ३९, बाँकेमा ३२ र रूपन्देहीमा ६१ जनामा पनि कोरोनाभाइरस भेटियो।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण. असोज ९ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .
मन्त्रालयले मृतकमध्ये तीन महिला र तीन पुरुष भएको जनाएको छ। उनीहरूको उमेर ५० देखि ७५ वर्षसम्म थियो।

मोरङका दुई तथा सप्तरी, ललितपुर, काठमाडौं र कपिलवस्तुमा एक(एक जनाको कोरोना भाइरसको संक्रमण समेतको कारणले मृत्यु भएको हो।(बीबीसीबाट)

Share Now