हेटौडा(मकवानपुर), ५ फागुन । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।
प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।
प्रतिनिधिसभाको असंवैधानिक विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र आएको ध्रुबीकरणका बीच वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा नेकपाकै अर्को समूहले अविश्वासको प्रस्ताव ल्याएको छ ।
अविश्वासको प्रस्तावमा छलफल गरी मतदान गर्दा सत्ताबाट च्यूत हुनुपर्ने भयले ग्रसित सत्तापक्षले बैठक निरन्तर सार्दै आएको छ ।


















