धरान(सुनसरी) २७ माघ ।२०औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
धरानको प्रस्तावित क्षेत्रीय रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा बुढासुब्बा गोल्डकपको साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि हात पारेको हो।
दुई साताअघि इटहरीमा आयोजित मदन भण्डारी स्मृति इटहरी गोल्डकप जितेको थ्री स्टारलाई यो सिजनको दोस्रो उपाधि जिताउन अजय मार्टिनले गरेको गोल निर्णाक बनेको थियो ।
उनले पहिलो हाफमा थपिएको ९ मिनेटको अतिरिक्त समयको ३ मिनेटमा गोल गरेका हुन ।
विजेता थ्री स्टारले ५ लाख ५५ हजार रुपैयाँ नगद, ट््रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता पुलिसले ३ लाख रुपैयाँ नगद र प्रमाणपत्र पाएको छ ।
थ्रिस्टारले सातौँ, नवौँ, ११औँ र १४औँ बुढासुब्बा जित्दा पुलिसले दोस्रो, चौथो, पाँचौं, १० औँ, १९ औँ बुढासुब्बाको गोल्डकपको उपाधि जितेको थियो।
इनर्जी ड्र्डि.क रेडबुलको प्रायोजनमा २० माघदेखि भएको गोल्डकपमा एक विदेशीसहित ८ टिम सहभागी थिए ।