हेटौंडा(मकवानपुर), २७ माघ । प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारी दर्ताको लागि शनिवार तोकिएको बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
प्रदेश संसदको दिउँसो ३ बजे बसेको बैठकमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले श्रेष्ठ निर्विरोध निर्वाचित भएको घोषणा गरे।
श्रेष्ठ काठमाडौं– २ ‘क’बाट निर्वाचित भएका हुन।श्रेष्ठलाई अपराह्न ५ बजे आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराएकी छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलको प्रस्ताव र एमालेका रामेश्वर फुयालको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गरेका थिए।