Prakash Adhikari February 10, 2018

 

जेरुसेलम(जेरुसेलम), २७ माघ (बीबीसी) । सिरियाले गोली हानेर शनिवार बिहान एउटा इजरायलको लडाकु विमान खसालिदिएको छ।

इजरायली सेनाले देशको उत्तरी क्षेत्रमा े दुईजना पाइलटहरू विमानबाट हाम फालेर प्याराशुटको मद्दतले अवतरण गर्न सफल भएको जनाएको छ ।

उनीहरूलाई अस्पताल पुर्‍याइएको थियो।

इजरायली सेनाका अनुसार एउटा इरानी ड्रोन आफ्नो भूमिमा प्रहार गरिएपछि एफ(१६ नामक लडाकु विमानले आक्रमण गरिरहेको थियो।

पहिचान
इजरायलले उक्त ड्रोनलाई रोकिदिएको थियो।

इजराइलले आक्रमण गरेपछि सिरियाले गोली हान्न शुरू गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

इजरायलको सेनाले एउटा विज्ञप्तिमा भनेको छ, ूहाम्रो एउटा लडाकु विमानले सिरियाबाट प्रहार गरिएको एउटा इरानी ड्रोनलाई सफलतापूर्वक रोकिदियो।ू

ड्रोनलाई छिट्टै पहिचान गरिएको र ुरोकुञ्जेल निगरानीमा भएकोु विज्ञप्तिमा उल्लेख छ।

उक्त ड्रोन इजरायली भूमिमा पुगेको र ुआफूहरूको नियन्त्रणमा रहेकोु इजरायलका प्रतिरक्षा बल ९आइडीएफ० का एकजना प्रवक्ताले जनाएका छन्।

जवाफस्वरूप सिरियामा रहेका इरानी अखडालाई आइडीएफले निशाना बनाएको र कारबाही सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

Share Now

Leave a comment.