पोखरा (कास्की),२९ माघ। पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख बाबुराम कुँबरले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
माओवादी केन्द्रको समर्थन सहितको बहुमतसहित उनले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष आजै दावी पेश गरेका थिए ।
एमालेका २७ र माओवादी केन्द्रका १२ सदस्यको हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन।
उनी एमाले प्रदेश संसदीय दलको नेता सर्वसम्मत चयन भएका थिए ।
उनको सपथ शिवरात्रीको भोलिपल्ट फागुन २ गतेका लागि तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।
संसदीय दलको नेताको दावी गर्दै आएका किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बा संसदीय दलको नेता भएका थिए ।