काठमाडौं, २ जेठ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले सुदूरपश्चिम प्रदेशको धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न रु १० लाख सहयोग दिने हुनुभएको छ ।
आफू स्वास्थोपचारको क्रममा जापानमा रहनुभएकी डा. देउवाले कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा अक्सिजनको अभाव र त्यसको कारण धेरै बिरामीले जीवन गुमाउन परेको स्थिति बुझेपछि सो घोषणा गर्नुभएको हो ।

Nepali Congress leader Dr. Aarju Rana Deuba contributes Rs lakh to Dhangadi Sub-Metropolitan Municipality for establishing oxygen plant. Incomplete plan is not enough by inauguration and chatting. This is the work of a responsible leader. That’s why I proudly say, I am Congress. Hail Nepal
डा. देउवाले शनिबार मात्रै आफू स्वास्थ्योपचारको क्रममा ३ महिना अस्पतालमा बसेर हालै डिस्चार्ज भएको बताउनु भएको थियो । उहाँले नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले ल्याएको विपत्तिप्रति दुःख व्यक्त गर्दै स्वास्थ्योपचारका लागि आवश्यक पूर्वाधार,उपकरण,, उपयुक्त शैया र न्यूनतम सुविधाको अभावमा पनि अहोरात्र खटिनुभएका चिकित्सक र स्वास्थ्यकर्मीहरु, अस्पताल व्यवस्थापन, एम्बुलेन्स चालक लगायत अग्रपडि.तमा रहेर यो विपत्तिसंग अहोरात्र खटिरहेको सबैको कामको सराहना गर्नुभएको थियो ।
उहाँले एक भिडियो सन्देशमार्फत आफू समाजसवी भएकोले कुनै न कुनै रुपमा नेपाल र नेपाली जनताको सेवामा समर्पित रहिरहने र आवश्यकतामा परेका क्षेत्र,समुदाय र नागरिकहरुलाई मानवीय सहयोग जुटाउन हरपल सक्रिय रहने बताउनुभएको थियो ।
https://t.co/VCG5ujauH3 via @FacebookWatch
— Prakash Adhikari (@Prakash82846939) May 15, 2021
धनगढीमा अक्सिजन प्लाण्ट निर्माणका लागि कांग्रेस नेतृ डा.आरजु देउवाले रु१० लाख दिनुहुनेछ भने धनगढीका उद्योगपति तथा कैलाली उद्योग बाणिज्य संघका पूर्वकोषाध्यक्ष सञ्जय कुमार चौधरीले रु.२० लाख र देव फाउण्डेसनका सञ्चालक युवा उद्यमी तथा समाजसेवी रबिनकान्त पन्तबाट १ लाख ५१ हजार धनगढी उपमहानगरपालिकाको मेयर कल्याणकारी कोषमा जम्मा गर्नु भएको छ ।


















