Prakash Adhikari May 16, 2021

 

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले सुदूरपश्चिम प्रदेशको धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न रु १० लाख सहयोग दिने हुनुभएको छ ।

आफू स्वास्थोपचारको क्रममा जापानमा रहनुभएकी डा. देउवाले कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा अक्सिजनको अभाव र त्यसको कारण धेरै बिरामीले जीवन गुमाउन परेको स्थिति बुझेपछि सो घोषणा गर्नुभएको हो ।


Admin

 ५९m 

May be an image of 1 person, tree and text that says 'नेपाली कांग्रेस डा. आरजु राणा देउवा प्रतिनिधि प्रति सभा सदस्य उम्मेदवार, कैलाली क्षेत्र नं. ឬ'
Manish Jung Thapa is with Achyut Raj Pahadi and ४८ others·
नेपाली काँग्रेस कि नेतृ डा आरजु राणा देउवा ज्यू वाट अक्सिजन प्लान्ट स्थापना का लागी धनगढि उपमाहानगरपालीका लाई रु १०,००००० दश लाख सहयोग।अधुरा योजना उदघाटन र गफ मात्र दिएर पुग्दैन।यो हो नि जिम्मेवार नेताको काम।त्यसैले त गर्वका साथ भन्छु , म कांग्रेस हु।। जय नेपाल
Nepali Congress leader Dr. Aarju Rana Deuba contributes Rs lakh to Dhangadi Sub-Metropolitan Municipality for establishing oxygen plant. Incomplete plan is not enough by inauguration and chatting. This is the work of a responsible leader. That’s why I proudly say, I am Congress. Hail Nepal

डा. देउवाले शनिबार मात्रै आफू स्वास्थ्योपचारको क्रममा ३ महिना अस्पतालमा बसेर हालै डिस्चार्ज भएको बताउनु भएको थियो । उहाँले नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले ल्याएको विपत्तिप्रति दुःख व्यक्त गर्दै स्वास्थ्योपचारका लागि आवश्यक पूर्वाधार,उपकरण,, उपयुक्त शैया र न्यूनतम सुविधाको अभावमा पनि अहोरात्र खटिनुभएका चिकित्सक र स्वास्थ्यकर्मीहरु, अस्पताल व्यवस्थापन, एम्बुलेन्स चालक लगायत अग्रपडि.तमा रहेर यो विपत्तिसंग अहोरात्र खटिरहेको सबैको कामको सराहना गर्नुभएको थियो ।

 

उहाँले एक भिडियो सन्देशमार्फत आफू समाजसवी भएकोले कुनै न कुनै रुपमा नेपाल र नेपाली जनताको सेवामा समर्पित रहिरहने र आवश्यकतामा परेका क्षेत्र,समुदाय र नागरिकहरुलाई मानवीय सहयोग जुटाउन हरपल सक्रिय रहने बताउनुभएको थियो ।

धनगढीमा अक्सिजन प्लाण्ट निर्माणका लागि कांग्रेस नेतृ डा.आरजु देउवाले रु१० लाख दिनुहुनेछ भने धनगढीका उद्योगपति तथा कैलाली उद्योग बाणिज्य संघका पूर्वकोषाध्यक्ष सञ्जय कुमार चौधरीले रु.२० लाख र देव फाउण्डेसनका सञ्चालक युवा उद्यमी तथा समाजसेवी रबिनकान्त पन्तबाट १ लाख ५१ हजार धनगढी उपमहानगरपालिकाको मेयर कल्याणकारी कोषमा जम्मा गर्नु भएको छ ।

 

Share Now

Leave a comment.