Prakash Adhikari May 16, 2021

काठमाडौं, २ जेठ । बुक बिल्डिङ विधिबाट सेयरको सार्वजनिक निष्काशन गर्दा संस्थागत लगानी गर्न थप ५ वटा संस्थालाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको सूचना अनुसार सीबीआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्यूचुअल फन्ड–१, सिटिजन्स म्यूचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिेट र कुमारी इक्विटी फन्डलाई बुक बिल्डिड.मा संस्थागत लगानीको रुपमा काम गर्न स्वीकृति दिइएको छ ।

बोर्डले यसअघि बैशाख ३ गते सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, जय गणेश इन्भेस्टमेन्ट कम्पनी प्रालि, आइसीएफसी फाइनान्स लिमिेटड, जे–नेक्स इन्भेष्टमेन्ट प्रालि, मुक्तिनाथ विकास बैंक लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले स्वीकृति दिएको थियो ।

आज स्वीकृति पाएका ५ सहित बुक बिल्डिड. विधिबाट शेयरको सार्वजनिक निष्काशनमा संस्थागत लगानी गर्ने संस्थाहरुको संख्या ८८ पुगेको छ ।

बोर्डले २०७६ मा ७४ संस्थाहरुलाई बुक बिल्डिड. विधिबाट शेयरको सार्वजनिक निष्काशनमा संस्थागत लगानी गर्ने संस्थाको रुपमा काम गर्न स्वीकृति दिएको थियो ।
संस्थागत लगानी गर्न स्वीकृति पाएका संस्थाहरुको नामावली :

Share Now

Leave a comment.