काठमाडौं, ८ जेठ । कोरोना भाइरसको दोस्रो लहरले पारेको विनाश रोक्नका लागि अमेरिकाले नेपाललाई दिने प्रतिबद्धता जनाएको स्वास्थोपचारका उपकरण र सामग्रीहरुको पहिलो खेप नेपाल आइपुगेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार अमेरिकी सरकार र जनताहरूको तर्फबाट युएस एआईडीमार्फत नेपाललाई उपलब्ध गराइने आपतकालीन सहयोग बोकेका धेरै मध्येको पहिलो उडान आज काठमाडौं आइपुगेको छ।
अमेरिकी राजदूतावासले स्वास्थ्यसम्बन्धी यी सामाग्रीहरूले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण विरुद्धको लडाईंमा थप सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।
अमेरिकाले इण्डो प्यासेफिक कमाण्ड अन्तरगत २७ लाख ५० हजार डलरको आपत्कालीन सहयोग गर्ने जनाएको थियो ।
यस सहयोग अन्तरगत अक्सिजन उत्पादन उपकरण, तरल अक्सिजन भण्डार गर्ने ट्यांकी,अक्सिजन भर्ने सिलिण्डर सन २०२० को अप्रिलदेखि अमेरिकाको इण्डो प्यासेफिक कमाण्डले नेपाललाई ५ करोड ९ लाख डलर बराबरको मानवीय सहयोग गरेको छ ।


















