Prakash Adhikari July 5, 2021

काठमाडौं, २१ आषाढ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ ।

कोरोना सङ्क्रमणका कारण  उपचार गराइरहनुभएका उहाँमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.