Prakash Adhikari July 6, 2021

काठमाडौ, २२ आषाढ । सत्तारुढ नेकपा एमालेभित्रको मतभेद समाप्त पार्न गठित कार्यदलको मंगलबारको बैठक सकिएको छ।

कार्यदलका सदस्य,पार्टीका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले संस्थापन पक्षको काम र कारबाहीका कारण उत्पन्न मतभेदका विषयहरु खुलस्त राएिको जानकारी दिनुभएको छ ।

बैठक पछि विष्टले भन्नुभएको छ, ‘हामीले आज कहाँ(कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं। छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तर्फबाट वार्तामा नेतृत्व गरिरहनुभएका सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताउनुभएको छ।

सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहनुभएको छ भने वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहनुभएको छ।

Share Now

Leave a comment.