Prakash Adhikari July 8, 2021

काठमाडौं, २४ आषाढ ।नेपालमा बढेको कोरोना भाइरसको संक्रमण, नयाँ भेरियन्टको उत्पत्ति र कोरोना भाइरसबाट अधिक प्रभावित भारतसंगको भौगोलिक निकटतालाई दृष्टिगत गर्दै मित्रराष्ट इजरायलको सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त  ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट नेपाल आक्रान्त भएको कुरा इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुलाई अवगत गराएर सो सहयोग जुटाउन इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले विशेष पहल लिनुभएको थियो ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे छ ।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उहाँहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

“नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्”, राजदूत डा शाक्यले भन्नुभयो, “करीब रु २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।”
¬¬¬–––

Share Now

Leave a comment.