Prakash Adhikari July 8, 2021

काठमाडौं, २४ आषाढ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ हजार २ सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १० हजार ५ सय ४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा मुलुकभर ५ हजार ३ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १  हजार २ सय १८ जनामा र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय २० पुगेको छ ।

नेपालमा अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४ हजार ९ सय ९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।

अहिले कुल २६ हजार ४ स ४७ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ७ सय ५५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

बिहीवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४ सय २७ जना काठमाडौं उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २५ जिल्लामा २ सय भन्दबढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५ सय ७२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ५७ जना भेन्टिलेटरमा छन्।

भारतको अवस्था

भारतमा विगत चौबिस घण्टामा ४५ हजार ८ सय ९२ नयाँ सङ्क्रमित थपिएका छन् भने ८ सय १७ जनाले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।

सोही अवधिमा ४४ हजार २ सय ९१ जना सङ्क्रमणमुक्त भएको सरकारी विवरण छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड ७ लाख ९ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्। अहिलेसम्म ४ लाख ५ हजार २८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख ६० हजार छ।

गत चौबिस घण्टामा ३३ लाख ८१ हजारले कोभिड खोप लगाएका छन्।

Share Now

Leave a comment.