काठमाडौं, २४ आषाढ ।नेपालमा बढेको कोरोना भाइरसको संक्रमण, नयाँ भेरियन्टको उत्पत्ति र कोरोना भाइरसबाट अधिक प्रभावित भारतसंगको भौगोलिक निकटतालाई दृष्टिगत गर्दै मित्रराष्ट इजरायलको सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।
कोरोना भाइरसको दोस्रो लहरबाट नेपाल आक्रान्त भएको कुरा इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुलाई अवगत गराएर सो सहयोग जुटाउन इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले विशेष पहल लिनुभएको थियो ।
नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे छ ।
We appreciate and thank the Government and people of the State of Israel as well as the Nepali community living in Israel for their generous support of medical equipment and supplies to fight against the COVID-19 pandemic in Nepal. The consignment was received in Kathmandu today. pic.twitter.com/Nugv3K2FEH
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 8, 2021
विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उहाँहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।
“नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्”, राजदूत डा शाक्यले भन्नुभयो, “करीब रु २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।”
¬¬¬–––


















