Prakash Adhikari July 16, 2021

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ ।

आज बिहान १० बजेको शुभसाइतमा उहाँ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्री,मन्त्री,विदेशी राजदूत र विशिष्ट पाहुनाहरु १ नम्बर गेटबाट प्रवेश गर्ने नियम छ ।

प्रधानमन्त्री सरकारी निवास सर्दा त्यहाँ राष्ट्रिय झण्डाको पूजन र झण्डोत्तलन गर्ने परम्परा रही आएको छ ।

यस्तो पूजा कार्यक्रम त्यहाँ रहेको सुरक्षाकर्मीहरु नेपाली सेना र नेपाल प्रहरीको समन्वयमा हुने गर्दछ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको थियो।

कांग्रेसका सभापति देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छोड्नु भएको थियो ।

 

Share Now

Leave a comment.