Prakash Adhikari July 16, 2021

काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६सय १३ जनाको पीसीआर तथा चार हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः २ हजार ६ र ९ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा ९ जनाले बढी हो । हालसम्म नेपालमा ९ हजार ५ सय ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर १  हजार ७ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २ सय ४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४ हजार २ सय ७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने २ हजार ५ सय ५३ ले संस्थागत आइसोलेशन, ५ सय७८ जना आइसीयू र १ सय ७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहनुभएको छ ।

शुक्रवार पुष्टि गरिएका सङ्क्रमितमध्ये ३सय ४३ जना काठमाडौं, २ सय ८२ जना सुनसरीमा, २ सय ४६ जना मोरङमा, १ सय ५१ जना झापामा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै देखिन्छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा साढे सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित.  साउन १ गते अपराह्णसम्मको तथ्याङ्क.

कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म ११ लाख २० हजार नाघेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र वितरणमा आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

अहिले विभिन्न स्थानमा खोप लगाउने मानिसको घुइँचो देखिन्छ।

भारतको अवस्था

भारतमा २४ घण्टाको अवधिमा ३८ हजार ९ सय ४९ नयाँ सङ्क्रमित थपिएका छन् भने ५ सय ४२ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड १० लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म ४ लाख १२ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ३० हजारभन्दा धेरै छ।

भारतमा हालसम्म ३९ करोड ५३ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

बिहीवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ३८ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।

 

Share Now

Leave a comment.