काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभए लगत्तै मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ र सफल कार्यकालको लागि शुभकामना दिनुभएको छ ।
मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ुप्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।
मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले आषाढ २८ गते एक ऐतिहासिक फैसलागर्दै प्रतिनिधिसभा पुनस्थापना गर्नुका साथै राष्ट्रपतिको आह्वान बमोजिम बहुमत प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्च अदालतको आदेशपछि आषाढ २९ गते नै राष्ट्रति विद्यादेवी भाण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो तर एक साता बित्न आँट्दा पनि भारतीय प्रधानमन्त्री मादीले देउवााई बधाई दिनुभएको थिएन । जबकि, २०७१ मा मोदी पहिलोचोटि प्रधानमन्त्री भेएयता उहाँले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै बधाई दिँदै आउनुभएको थियो ।
उहाँले पछिल्लो सात वर्षमा नेपालमा नियुक्त भएका चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन टेलिफोनमा कुरा गरेर बधाई दिने र भारत भ्रमणको निम्तो दिने गर्नुभएको थियो ।
यसपटकको विलम्बले नेपालको राजनीतिमा भारतको चासो कम हुँदै गएको पुष्टि गर्न खोजेको छ ।


















