Prakash Adhikari February 25, 2018

 

टोकियो(जापान), १३ फागुन । गैर आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रीय भेला फागुन १२ गते शनिबार टोकियोमा सम्पन्न भएको छ ।
गैर आवासिय नेपाली संघ- जापानका १३ क्षेत्रका प्रतिनिधि उपस्थित रहेको सो क्षेत्रीय भेलाले घोषणा पत्र समेत जारी गरेको छ ।

सो भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय गरि कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा प्रशिक्षण समेत दिएको जनाइएको छ ।

नेपाली राजदूताबासका कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्य र बिशेष अतिथि अन्तराष्ट्रिय युबा संयोजक सुदन थापा, एनआरएनए आइसीसी सदस्यहरू केशर गिरी,कपिलदेव थापा,महेश श्रेष्ठ,डिलाराम खरेल,एनसीसी सल्लाहकार परिषद्का सदस्यहरू,एनसीसी विभागीय प्रमुखहरू र १३ क्षेत्रीय कमिटीका संयोजक,उपसंयोजक र पदाधिकारी ,सहित सदस्यहरूको उपस्थितिमा सो भला सम्पन्न भएको थियो ।

भेलाले क्षेत्र र केन्द्रबीचको सम्बन्धलाई सुदृढ गर्दै आगामी दिनमा समन्वय र सहकार्यका साथ अगाडी बढ्ने,नागोया क्षेत्रमा क्षेत्रीय अधिवेशनमा उठाइएकाविषयलाई विधान सम्बत ढंगमा समाधान गर्ने, एकद्धार पद्धतिबाट आर्थिक नीति अघि बढाउने, आवश्यकता अनुसार नयाँ क्षेत्रीय कमिटी विस्तार गर्ने,विधानलाई समयानुकूल परिष्कृत गर्दै लैजाने,स्मार्ट एनआरएनए जापान निर्माण गर्ने,नेपाली समुदायबीच आईपर्ने समस्या समाधानको लागी नेपाली राजदूताबाससंग सहकार्य गर्ने,क्षेत्रीय कमिटीलाई ससक्त बनाउन प्रशिक्षण दिने र राष्ट्रीय कमिटीबाट उपस्थिति बढाउने तथा मार्च बाट नयाँ सदस्यताको लागि फारम उपलब्ध गराउने जस्ता निर्णय गरेको छ ।

भेलाको उद्घाटन शत्रमा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

दोश्रो सत्रमा प्रवक्ता पर्शराम बस्नेतले संस्थाको राष्ट्रिय कमिटीले क्षेत्रीय कमिटिहरु सम्बन्धि गरेका निर्णय र योजना प्रस्तुत गरेका थिए । सो प्रस्तावमा कमिटिले गरेको निर्णय र कार्यन्वयन पक्षको भूमिकाका बारेमा डा. बेद काफ्ले,कमिटिको काम, कर्तव्य, अधिकार र विधान सम्बन्धी महेश श्रेष्ठले प्रशिक्षण समेत दिएका थिए ।

कार्यक्रममा आइसीसी अन्तराष्ट्रिय युवा संयोजक तथा पूर्व अध्यक्ष सुदन थापा, एनआरएनए जापानका अध्यक्ष टासी वांग्दी लामा,एनआरएनए वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी,सो भेलाको ब्यस्थापकीय जिम्मेवारी लिएका उपाध्यक्ष शिवप्रसाद पौडेल लगायतले बोलेका थिए ।
भेलामा१३ क्षेत्रका प्रतिनिधिहरु नबिन निउरे,लक्ष्मण बानियाँ,सुरेश सापकोटा,दीपक केसी,विकास बस्नेत,सन्तोष चौहान,माधब उप्रेती,मिनकुमार लामिछानेले प्रतिवेदन पेश गरेका थिए ।

भेलामा सहभागीहरुले उठाएका प्रश्नको जवाफ महासचिब बुद्धि घिमिरे र प्रबक्ता प्रशुराम बस्नेतले दिएका थिए। टासी वांग्दी लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब बुद्धि घिमिरेको संचालनमा सम्पन्न भएको थियो ्र

Share Now

Leave a comment.