काठमाडौं, १४ फागुन । भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष एवम् भेपाल भारत प्रबुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोशियारीले नेपालका राजनीतिक नतृत्वले भारतसंगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
प्रबुद्ध समूहको बैठकमा सहभागी हुन काठमाडौं आएका भारततर्फका संयोजक कोशियारीले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रुका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले तीन जना नेताहरुसंग अलग अलग भएको बताउदै सबै नेताहरुलै भारतसँग सम्बन्ध बिगार्नेबारे कहिल्यै सपनामा पनि सोच्न नसक्ने बताएको उल्लेख गरे ।
कोशियारीले नेपाल–भारत सम्बन्ध अनुपम र उदाहरणीय रहेको उल्लेख गर्दै नेपालका सबै नेताहरूले भारतसंगको सम्बन्धलाई समान स्वरमाउच्च प्राथकिता दिएको बताए । उनले नेताहरुले विकासको लागि मिलेर काम गर्ने आश्वासन दिएको पनि उल्लेख गरे ।
उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्द्रीत हुने बताउदै भने, भारत नेपालमा विकास भएको हेर्न आतुर छ, यहाँ स्थायित्व कायम होस्, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस्।’
उनले आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए।
उनले े नेपालका सबै नेताहरूको भारतसँग सुमधुर सम्बन्ध रहेको र जनताको पनि अटुट सम्बन्ध भएको बताए ।उनले भने, म सोच्छु कि दूधमा यदि चिनी मिलाइयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न। यस्तै, भारत र नेपालको सम्बन्ध छ। अहिले नेपालमा नयाँ सरकार बनेको छ । जनताको यो सरकारसँग धेरै ठूलो अपेक्षा छ।’