Prakash Adhikari March 2, 2018

काठमाडौं, १८ फागुन । बलिउडका चर्चित अभिनेता सलमान खानको नेपालमा हुने कार्यक्रम स्थगित भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गते हुन लागेको ‘दबंग टुर’ को पूर्वनिर्धारत कार्यक्रम स्थगित गरेको हो ।

आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले सुरक्षाका कारण सलमान खानको कार्यक्रम रद्द गर्नुपरेको बताएका छन् । उनका अनुसार, एक महिनाभित्रै उपयुक्त समयमा यो फेरि कार्यक्रम आयोजना गरिनेछ ।

केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।

सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए ।

सलमानले ुदबंग टुरु नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट विक्री गरिसकेको छ ।

Share Now

Leave a comment.